Skip to main content

Posts

Showing posts with the label जीवन काँडाकी फूल पढेर हेर्दा

जीवन काँडाकी फूल पढेर हेर्दा

काँडैकाँडाको बाटोमा हिँडेर पनि कति राम्रो फूल फुल्यो । त्यो काँडैकाँडाको भन्ज्याङबाट कसरी त्यो आत्मा हिँड्यो होला, म कल्पना गर्न पनि सक्दिन । त्यो कष्ट, त्यो पीडा, त्यो आशा, त्यो भावना नभएको भए उनी पहिल्यै यो संसारबाट विचलित भएर बिदा भएकी हुन्थिन् होला । उसको त्यो जागरुक स्वभाव, आमाबुबाको पिटाइ, धर्तीमाता र उसको आत्मबलले उनी यहाँ सम्म आइन् उनको त्यो साहसको म प्रशंसा गरेर ताली बजाउँछु । म कुरा गर्दै छु त्यो प्रतिभा जसले जीवनमा कष्ट गरेर भएपनि जीवनलाई सुन्दर देख्यो, त्यो प्रतिभा जसले गर्दा अपाङ्गको जीवन सार्थक बनायो । हो, त्यो प्रतिभा झमक कुमारी धिमिरे हुन् ।  मैले उनको आत्मजीवनीपरक निबन्ध “जीवन काँडाकी फूल” पढें । मलाई त्यो निबन्धले अत्यन्तै छोयो । मैले आफूलाई उनको ठाउँमा राखेर पनि हेरें तर म उनको ठाउँमा भएको भए अहिले सम्म जीवित त पक्कै हँुदिनथें र उनले गरे जति परिश्रम त कहिल्यै गर्थें भन्ने त सोच्न नि सक्दिन । निबन्ध पढ्दा उनको त्यो कहालिलाग्दो जीवन देख्दा , आफूले अनुभव गर्दा कति पीडामा डुबें । झमकलाई कति पीडा भयो होला, आफ्नो आमाबुबाले त्यतिसम्म पिट्दा, आफूले लेख्न सिक्दा,

रारा यात्रा

निशा जोशी  पश्चिममा महाकालीसम्म फैलिएको नेपाल भन्ने सुनेको भएतापनि महाकाली पुग्ने अवसर प्राप्त भएको थिएन । २०७४ सालको वैशाखमा मन मिल्ने साथी काजोलको निम्तोमा सुदुरपश्चिमको महेन्द्रनगर जाने मौका मिल्यो । महेन्द्रनगर राम्रोसँग घुम्न नपाउदैं काजोलको कामका कारण टिकापुर हँुदै जानुपर्ने भयो । मेरो लागि त त्यो खुशीको कुरा थियो, किनकी सुन्दर छ भन्ने सुनेको टिकापुर पनि घुम्ने अवसर बोनसमा पाउँदै थिए । पहिलो दिनः महेन्द्रनगर– कर्णाली ब्रिज–टिकापुर हामी महेन्द्रनगरबाट चिसापानी हुँदै टिकापुर जाने योजना सहित २ बजे महेन्द्रनगरबाट चिसापानी जाने गाडीमा चढ्यौं । चिसापानी जानुको उद्देश्य प्राविधिक र सौन्दर्यताको दृष्टिले आकर्षक कर्णाली पुल घुम्ने थियो । जापान सरकारले चिसापानीमा कर्णाली पुलको निर्माण गरेको रहेछ, जुन कैलाली र बर्दिया जिल्लाको सिमानालाई जोड्छ । यो तार पुल  (cable-stayed bridge)    हो जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलको तारहरु बाँधेर ट्रसलाई अड्याइएको छ । यो पुलको लम्बाई ५०० मिटर , चौडाई १० मिटर र बिचको खम्बाको एक भाग तिर ३२५ मिटर तथा अर्काे भाग तिर १७५ मिटर छ । पुल

15 most visited places near and around Kathmandu Valley

1.     Kulekhani: We city people want to skip the city noise and have some peace at least once a week or a month. Likewise, Kulekhani is one of the peaceful and beautiful place where you can have a perfect day or a two. Kulekhani is one of the nearest destination from Kathmandu valley where you can have lots of things to see and experience. You can even hike from Kathmandu if you are a hiking person. Attractions of Kulekhani are: Kulekhani dam: also called Indrasarowar taal where you can enjoy boating and freshen up by the view around. If you are going to stay, you can find a good homestay or stay at Chitlang organic resort . Both are best options; you can choose where you want. They serve good foods. You can enjoy the camp fire and music along. Sheep farming is pleasing to watch. This place is also popular for the cheese and Naspati wine. So, when you are here don’t forget to try them. 2.       Pharping:

पुनहिल र घान्द्रुकको यात्रा संस्मरण

नेपाल प्राकृतिक सम्पदाको धनी देश हो । सानो मुलुक भएतापनि हिमालदेखि तराइसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, चराचुरुङ्गी साथै झरना, खोला, नदीनाला, पहाड, हिमाल आदि पाइन्छन् । यहाँको चालचलन, भेषभूषा, रितिरिवाज, परम्परा, धर्म, संस्कृति, जातजातिमा पनि विविधता छ ।  नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको कारणले गर्दा पनि होला म नेपालप्रति धेरै झुकेकी छु ।  त्यसै कारणले गर्दा म फुर्सद मिलेसम्म नेपालका ठाउँहरु अन्वेषण गर्ने गर्छु । मलाई नेपालको हरेक ठाउँ घुम्ने इच्छा छ ।  घुम्न अति नै रुची भएको कारण मैले मेरो साथीहरुलाई म्याग्दी जिल्लामा पर्ने पुनहिल जाने प्रस्ताव एक महिना अगाडि नै राखेको थिएँ । सबैको घरमा बुबा आमाको अनुमति लिनका लागि समय लाग्ने भएको कारण पहिलेदेखि नै हामीले तयारी गर्दै थियौँ । ब्याच्लरस् सकिएपछिको समय जब म लगायत मेरो साथीहरु इनटर्नको लागि व्यस्त थियौँ, त्यति बेलाको समयमा हामी साथीहरु पुनहिल घुम्न जाने योजना बनायौँ ।  हाम्रो निर्धारित योजना अनुसार तिहार सकिए लगतै हामी ४ जना साथीहरु (म, पुष्पा, मनिका र जेन