Skip to main content

Posts

Showing posts with the label रारा यात्रा

रारा यात्रा

निशा जोशी  पश्चिममा महाकालीसम्म फैलिएको नेपाल भन्ने सुनेको भएतापनि महाकाली पुग्ने अवसर प्राप्त भएको थिएन । २०७४ सालको वैशाखमा मन मिल्ने साथी काजोलको निम्तोमा सुदुरपश्चिमको महेन्द्रनगर जाने मौका मिल्यो । महेन्द्रनगर राम्रोसँग घुम्न नपाउदैं काजोलको कामका कारण टिकापुर हँुदै जानुपर्ने भयो । मेरो लागि त त्यो खुशीको कुरा थियो, किनकी सुन्दर छ भन्ने सुनेको टिकापुर पनि घुम्ने अवसर बोनसमा पाउँदै थिए । पहिलो दिनः महेन्द्रनगर– कर्णाली ब्रिज–टिकापुर हामी महेन्द्रनगरबाट चिसापानी हुँदै टिकापुर जाने योजना सहित २ बजे महेन्द्रनगरबाट चिसापानी जाने गाडीमा चढ्यौं । चिसापानी जानुको उद्देश्य प्राविधिक र सौन्दर्यताको दृष्टिले आकर्षक कर्णाली पुल घुम्ने थियो । जापान सरकारले चिसापानीमा कर्णाली पुलको निर्माण गरेको रहेछ, जुन कैलाली र बर्दिया जिल्लाको सिमानालाई जोड्छ । यो तार पुल  (cable-stayed bridge)    हो जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलको तारहरु बाँधेर ट्रसलाई अड्याइएको छ । यो पुलको लम्बाई ५०० मिटर , चौडाई १० मिटर र बिचको खम्बाको एक भाग तिर ३२५ मिटर तथा अर्काे भाग त...