Skip to main content

Posts

Showing posts with the label जीवनका सहयोगी

जीवनका सहयोगी

मानिसले आफूले ज्यूने क्रमसम्म सुख चाहन्छ । ऊ आनन्दको साथ आफ्नो जीवन बिताउन पाए कति रमाइलो हुने थियो होला भन्ने सोच्छ । उसले आफूले कहिल्यै पनि दुःख देख्न नपरोस् भन्ने गर्छ, तर मानिस जन्मिएपछि उसले आफूसँग सुख र दुःख दुवै सँगै ल्याएको हुन्छ । भनिन्छ मानिसले धेरै दुःख सहेरै मात्र सुख प्राप्त गर्न सक्छ जुन मीठोे र रमाइलो हुन्छ । हामी सबैलाई थाहा नै छ होला हरेक कथाको अन्त्य सुखमा बित्छ जसको सुख दुःख र कष्टबाट भएको हुन्छ ।  हामीले शब्दकोषमा हे¥यांै भने सुखको परिभाषा शारीरिक र मानसिक आनन्दको अनुभव, हर्ष  र आनन्दको रुपमा लिइएको देख्छौ । मलाई भने सुख भनेको आफ्नो मनमा उब्जने रमाइलो अनुभव हो जहाँ हामीले खुसी पाउन सक्छौं जस्तो लाग्छ । शारीरिक वा मानसिक पीडा हुनु, कष्ट हुनुलाई दुःखको रुपमा लिइएको छ, हाम्रो नेपाली शब्दकोषमा भने मेरो धारणामा दुःख महसुस हामीले तब गर्छौ जब हाम्रो मन रुन्छ, हामीमा केही गर्ने क्षमता बृद्धि हुँदैन र हाम्रो नराम्रो सोच जसका कारण हामी डराउँछौं ।  कहिले काँही हामीले सुख त पाउँछौ तर पनि हाम्रो मनमा डर हुन्छ कतै त्यो सुख क्षणिक त होइन, कतै त्यो सुखले भवि...