निशा जोशी |
पहिलो दिनः महेन्द्रनगर– कर्णाली ब्रिज–टिकापुर
हामी महेन्द्रनगरबाट चिसापानी हुँदै टिकापुर जाने योजना सहित २ बजे महेन्द्रनगरबाट चिसापानी जाने गाडीमा चढ्यौं । चिसापानी जानुको उद्देश्य प्राविधिक र सौन्दर्यताको दृष्टिले आकर्षक कर्णाली पुल घुम्ने थियो । जापान सरकारले चिसापानीमा कर्णाली पुलको निर्माण गरेको रहेछ, जुन कैलाली र बर्दिया जिल्लाको सिमानालाई जोड्छ । यो तार पुल (cable-stayed bridge) हो जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलको तारहरु बाँधेर ट्रसलाई अड्याइएको छ । यो पुलको लम्बाई ५०० मिटर , चौडाई १० मिटर र बिचको खम्बाको एक भाग तिर ३२५ मिटर तथा अर्काे भाग तिर १७५ मिटर छ । पुलमा पुग्दा सिरसिर हावा चलिरहेको थियो, ठूलो कर्णाली नदी शान्त रुपमा एकनाशले बगिरहेको थियो । अनि आकर्षक कर्णाली पुल हाम्रो स्वागतमा उभिरहेको थियो । त्यो सुन्दर दृष्यलाई हामीले ढिलो नगरिकन क्यामेरामा कैद गर्न थाल्यौं ।
कर्णाली पुलसँग बिदा माग्दै हामी टिकापुर जाने बसमा चढ्यौँ । टिकापुर पुग्न करिब झण्डै १ घण्टाको यात्रापछि साँझ ६.३० बजे टिकापुर पुगेर होटलको ब्यवस्था ग¥यौँ । त्यसपछि खाना खानकालागि नजिकका क्याफेमा गयौँ । क्याफेमा ग्राहकहरुलाई स्वागत गर्ने शैली तारिफ योग्य थियो । त्यो भन्दापनि तारिफ गर्न लायकको बिषय क्याफेमा पाइने मीठा मीठा परिकार थिए । भोकको बेला स्वादिष्ट परिकारहरुसँगैे आइसक्रिम पनि खायौँ । त्यसपछि होटल पुगेर अर्को दिनको योजना बनाउदैँ निदायौँ ।
दोस्रो दिनः टिकापुर–सुर्खेत
टिकापुर पार्क अत्यन्तै सुन्दर छ भन्ने सुनेको थिएँ त्यसैले बिहानै हामी त्यस पार्कमा पुग्यौँ । जतिबेला राजा महेन्द्र मुटुका कारणले अस्वस्थ थिए, डाक्टरहरुको सल्लाहमा उनलाई आरामको जरुरी थियो । त्यसकै लागि उनले टिकापुरमा सुन्दर पार्क निर्माणगरि केही महिना त्यहि पार्कमा बिताएका रहेछन । उनको स्वस्थ्यमा पनि क्रमशः सकारात्मक सुधार भएछ । आराम गर्नका लागि राजा महेन्द्रले बनाएको कारणले गर्दा टिकापुर पार्कलाई “The Rest Place of King Mahendra: Tikapur Park” पनि भनिन्छ ।
अहिले टिकापुर पार्क महत्वपूर्ण गन्तव्यको रुपमा परिचित छ । यहाँ आउने पर्यटकहरु (अन्तरिक, विदेशी) शीतल र शान्त वातावरणमा रमाउँदै आनन्द लिन्छन् । रङ्गीबिरङ्गी फूलहरु, ठूला साना रुख बिरुवाहरु, चिटिक्क परेका कटेजजस्ता घरहरु, चराचुरुङ्गीहरु, हरियाली वातावरण, खुला मैदान आदिले स्वर्गको टुक्रा जस्तै टिकापुर पार्कमा हामी घुम्दै थियौँ, म त्यहाँको वातावरणमा डुब्दै थिएँ त्यसैबेला साथी काजोलले मेरो हात समातेर बाहिर जाऔँ भन्दै तान्न थाली । हामी बसेको नजिकै सर्प देखेर उसले बाहिर जाउँ भनेको रहिछ । सर्प हामीदेखि टाढा भागिसकेको थियो, तर पनि हामी पार्कबाट बाहिर निस्कियौँ ।
टिकापुरमा केराको हरेक परिकार बन्छ भन्ने सुनेका थियौँ र त्यही परिकारहरुको स्वाद लिनको लागि हामीले केराको परिकार पाइने ठाउँ खोज्यौं । टिकापुरमा हामी नयाँ भएकाले हामीले त्यहाँको स्थानीय बासिन्दालाई केराको परिकार पाइने ठाउँबारे सोधखोज ग¥यौँ । उनीहरुले केही पर“Banana Agro Resort” छ भने र हामी त्यही पाउने ठाउँसम्म पुग्नको लागि रिक्साको सहायता लियौँ । त्यही परिकारहरुको स्वाद लिनको लागि हामीले केराको परिकार पाइने ठाउँ खोज्दै “Banana Agro Resort” रिक्सा चढेर पुग्योैँ । त्यहाँको मेनुमा लेखिएका केराबाट बन्ने जुस, चिप्स्, अचार, पकौडा, मःम, चिल्ली, टिक्की, प्यानकेक, परौठा, खिर, बुङ्गाको अचार, आदि हेरेर दङ्ग पर्दै हामीले केराको परौठा, पकौडा, चिप्स्, अचार र बुङ्गाको अचार अर्डर ग¥यौँ । सबै परिकार मीठा मात्र थिएनन् सस्तो पनि थिए ।
रारा खाने हो ? काजोलको प्रश्न मेरो कानमा ठाक्किए पनि मैले केराको परिकारले भरिएको पेट देखाउँदै भने केराको परिकारले पेट यति भरिएको छ कि अब त ल्वाङ अट्ने ठाउँ पनि छैन, यस्तो बेला के को रारा चाउचाउ खाने नि ? मेरो जवाज सुनेपछि काजोल मुर्छा परेर हाँस्न थालि । रारा खाने भनेको होइन मोटी, रारा जाने भनेको । रारा ताल अर्थात स्वर्गकी अप्सरा .. सरप्राइज दिने भनेर मैले तलाई भनेको थिइन, हामी भोलि रारा जान्छौँ बुझिस् ? काजोलको प्रश्ताब सुनेर म खुसीले उफ्रदै बुझे हजुर बुझे भन्दै नाच्न थाले । काजोलको तालिम सकिएपछि हाम्रो मुख्य गन्तब्य रारा पुग्न कालिकोटको यात्राको लागि गाडी खोज्यौं ।
त्यहाँबाट कालिकोट पुग्नका लागि हामी पहिलो दिन सूर्खेतमा र दोस्रो दिन कालिकोटमा बास बस्नु पर्ने रहेछ । तेस्रोे दिन अर्काे गाडी चढ्नु पर्ने रहेछ । साँझ ४.३० बजेको थियो हामी टिकापुरबाट सूर्खाेतको लागि गाडी चढ्दा । गर्मी चर्केको नै थियो, त्यही माथि गाडीमा क्षमताभन्दा धेरै यात्रु र सामानले गर्दा गर्मी अभैm बढेको जस्तो भयो । गाडीमा पश्चिमेली गीतहरु गुन्जिरहेको थियो । पश्चिमको गीतहरु कस्तो दुःखको मात्र हुने । सुन्ने मान्छेपनि यतिकै दुःखी हुन्छ होला । मन नलागी नलागी भएपनि पश्चिमेली गीत सुन्नै प¥यो । गीत मात्र दुखको कहाँ हो र, गाडीको खलासी व्यवहारले पनि हामीलाई दुखित बनायो । हामी ऊबाट मजाले ठगिएछौँ अर्थात् हामीलाई टिकापुरबाट कालीकोटसम्मको गाडी भाडा केही महङ्गो लिएछ । रिस नउठेको होइन, तर त्यो अपरिचित ठाउँमा हामीले रिस पोख्नु उचित नठानेर आफै भित्र रोक्यौँ । गन्तव्यमा पुग्न अझै समय बाँकी थियो, रात छिप्पिदै थियो । रातको १.३० बजे सुर्खेतको कुनै दुर्गम ठाउँमा गाडी रोकियो । त्यहाँ सुत्नको लागि एउटा सामान्य होटलमा कोठाको व्यवस्था थियो तर कोठा एकदमै खुल्ला, काठ र टिनको पाताले बनेको, मछ्छड नै मछ्छड र उडुस पनि । हामीलाई निद्रा नै लागेन ।
तेस्रो दिनः सुर्खाेत–कालिकोट
त्यहाँ दुई तीन घण्टाको समय पाउँदा पनि सुत्नै सकेनौ । ५ बजे गाडीले कालिकोटको लागि यात्रा गर्नु थियो । त्यो ठाउँमा पानी र चर्पीको व्यवस्था नाम मात्राको थियो । पानी थोरै मात्र प्रयोग गर्न पाउने, बास बसेको सबैको पालो पर्खदा पर्खदै समय जाने । निकै कष्ठ गरेर चर्पी जाने, मुख धुने र दात माभ्mने कार्य भयो । होटलको कोठा भाडा मात्र २५० रुपैया रे । होटलको पैसा तिरेपछि हामी गाडीमा चढ्यौँ । केही समयको यात्रा पछि खाजा खान रोकियो, हामीले दुध, चिउरा, चिया र चना खायौँ ।
गाडीमा पश्चिमेली गीत बज्दै थियो, हामी गाडीमा अलि अलि गफगाफ, वरिपरिको वातावरण नियाल्दै बस्यौँ । लामो यात्रा, अप्ठ्यारो बाटो, हिजोको अनिद्राले होला हामी गाडीमा नै निदाएछौँ । बेलुका करिब ७ बजे हामी कालिकोटमा पुग्यौँ । त्यो एउटा दुर्गम ठाउँ थियो । कोठामा ६–७ जना मिलेर बस्नु पर्ने थियो । त्यही पनि तन्ना, सिरक, ओछ्यान सबै कहिल्यै नधोइएको जस्तो फोहोर त्यहीमाथि मुसाको आवत जावतले अवाक् भयौं । कहिल्यै पनि त्यस्तो ठाउँमा नबसेको, नसुतेको भएर त्यो रातपनि कष्टकर भयो । होटलमा खाना खाएपछि सुतेको बसेको पैसा नलिने रहेछ । खानाको मात्र पैसा लिने, सुतेको कोठाको पैसा नलिए पनि त्यति पनि ठूलै हो जस्तो लाग्यो हामीलाई । खाना मिठो थिएन, कोठा त्यस्तै फोहर । अलिकति व्यवस्था गर्न सके होटल राम्रो हुने मात्र होइन, यात्रुले पनि केही सुविधा पाउने थिए जस्तो लाग्यो । तर हाम्रो मन भित्रको गुनासा,े होटल सञ्चालकले कसरी सुन्थे र ? रारा पुग्ने रमाइलो कल्पना गर्दै हामीले त्यस रात पनि बितायौं ।
चौथो दिनः कालिकोट– जुम्ला
चौथो दिनको गन्तव्य थियो रारा तर जुम्लासम्म बल्लतल्ल पुग्यौँ । कालिकोटबाट डरलाग्दो र कठिन बाटो सुरु भइसकेको थियो । गाडी चालकले अत्यन्तै बिस्तारै चलाउनु पर्ने र निकै सावधानी अपनाउनु पर्ने थियो । सुदुरपश्चिमको बाटो, त्यहाँका स्थानीय बासिन्दा, तिनीहरुको अनौठो बोलचाल र गीतहरु हामीलाई अनौठो लाग्यो । भाषा, भेष, स्वभाव, गीत मात्र होइन, त्यहाँको खाना पनि अनौठो लाग्यो । खाना खान के बसेका थियांै, थालमा राखिएको भात पुरै रातो थियो । सेतो चामल मात्र देखेका र खाएका हामीलाई रातो चामलको भात देख्दा अचम्म लाग्नु स्वभाविक थियो । भातमा रङ्ग पो हालिएको हो कि जस्तो पनि लाग्यो । मन नलागि नलागि त्यो खाना मुखमा के राखेका थियौं, त्यो त अत्यन्त स्वादिलो थियो । हामीले खाइ राख्ने भात भन्दा धेरै मिठो थियो । पछि थाहा भयो कि त्यो त मार्सि चामलको भात रहेछ । सेतो चामल भन्दा महंगो पनि हँुदो रहेछ ।
हाम्रो यात्रामा फेरी अर्को अवरोध आयो । एकवर्ष अघि गाडीको ठक्करले मृत्यु भएको एकजना स्थानीयको क्षतिपूर्ति अझै नपाएकाले जुम्ला सिंजाका स्थानीयले सडक अवरोध गरेर आवात जावात रोकेका रहेछन् । प्रहरीको लामो प्रयासपछि साँझ ५ बजेतिर बल्ल अवरोध खुल्यो र हामी अगाडी बढ्यांै । रात पर्दै थियो, अप्ठेरो बाटोको यात्रा अनि त्यसैबेला ठूलो पानी प¥यो । हाम्रो यात्रा फेरी रोकियो । गाडी चालकले काठले बारेको सानो होटलमा खान र बस्नको लागि व्यवस्था गरे । अत्यन्त चिसो भएकोले शरिर जाडोले कापिरहेको थियो । बेलुका तातो खाना खाएर सुत्न गयौँ ।
पाचौँ दिनः जुम्ला–तल्चा–रारा
बिहान तातोपानी, चिया पिएर हामी ताल्चा भन्ने स्थानसम्म गाडीको यात्रामा हिँड्यौं । करिब १२.३० बजेतिर हामी ताल्चा पुग्यौं । त्यहाँ एअरपोर्ट पनि थियो र अर्काेदिन नेपालगन्ज फर्कनको लागि हवाइ टिकट काट्यौं । नेपालगञ्जबाट ताल्चा एअरपोर्टसम्म आउन नौ हजार र ताल्चाबाट नेपालगञ्ज फर्कन ४५०० रुपैया लाग्ने रहेछ । संयोगवस हामीले टिकट पनि पायोै र हवाइ जहाजमा फर्कने निर्णय गरेका थियौँ ।
ताल्चा बिमानस्थलको नजिकै होटलमा खाना अर्डर गरेर हामी त्यहाँको वातावरण नियाल्यौ, स्थानीय बासिन्दाहरुसँग कुराकानी ग¥यौँ । खाना अलि महङ्गो भएपनि घ्यू र मासको दालले स्वाद बढाएको भएर हामी नहिच्किचाइ पैसा ति¥यौं ।
अनि पदयात्रा सुरु भयो रारातिरको । त्यहाँको मानिस अनुसार रारा पुग्न दुइ घण्टा लाग्छ भन्दै थिए । हामी बिस्तारै हिड्ने र आनन्दले पुग्ने भनेर यात्रा सुरु ग¥यौँ । बाटो धेरै गाह्रो थिएन, रमाउँदै, गीत गाउँदै हामी हिँड्यौं ।
आकाश स्पष्ट थियो, सेतो बादलहरुले पनि आकाश राम्रो देखिएको थियो । बरीपरी रुखै रुख, एकदमै राम्रो वातावरण ३०–४५ मिनेट हिँडेपछि रुखहरुबीच नीलो आकाश र नीलो रारा छुट्याउनै नसकिने गरि देखियो । केही अगाडि पुगेपछि मात्र रारा र आकाशलाई छुट्याउन सकियो ।
रारा ताल मुगु र जुम्ला जिल्लाको हुटु भन्ने ठाउँमा पर्छ । रारा ताल ३०६२ मिटर लामो छ । यो नेपालको सबभन्दा ठूला र गहिरो ताल हो । रारा ताल रारा राष्ट्रिय निकुञ्जले (१०६ किलो वर्ग) घेरिएको छ । रारा तालको शान्त वातावरण अभैm हिमालहरुको छाया तालको निलो पानीमा परेपछि सुन्दरता बढ्छ । हिजो आज रारा ताल भ्रमणमा विदेशी पर्यटकहरु भन्दा नेपाली पयैटकहरुको मात्रा धेरै बढेको रहेछ ।
चिसो बतास चलिराखेको थियो र म त्यही ठिङ्ग उभिराखू र ताजा हावा लिइराखू भएको थियो । त्यो नै ठाउँ हो जहाँ मैले आभास गरेँ कि म प्रकृतिको न्यानो साथमा सधैँ लुटपुटिएर बस्न सक्छु । पदयात्राको खुसी मेरो लागि स्पष्ट भएको थियो । मैले प्रकृतिको हरेक उपहार लिइराखेको थिएँ । मेरो दिमागलाई, मेरो मनलाई बाधा पु¥याउने, मेरो ध्यानलाई भङ्ग गर्ने केही थिएन । म भगवानको बरदान प्रति अत्यन्त आभारी छु जसले सुन्दरताले भरिएको प्रकृति निर्माण गरिदिनु भयो । करिब दुई घण्टा हामी रारा तालको किनारै किनार हिड्यौँ ।
राराको थरीथरीको रङ्गले मेरो मन नै चो¥यो । नीलो रारा कतिबेला हरियो, फिक्का नीलो, गाढा नीलो, रङ्ग नै नभएको आदि देखिएको थियो । रारा ताल मेरो सपनाको ठाउँ हो जहाँ म एक समय जसरी पनि पुग्छु भन्ने अठोट गरेकी थिएँ । स्वर्ग कस्तो हुन्छ भन्ने त थाहा छैन या भनौ स्वर्ग छ कि छैन भन्ने पनि थाहा छैन तर आफ्नो सपनाको ठाउँमा पुग्दा मलाई लाग्यो म स्वर्गमा नै छु ।
अगाडि बढ्दै जाँदा रातो, गुलाबी, सेतो, फिक्का गुलाबी गुराँसले स्वागत गरेका थिए । बाटोभरि गुराँस नै गुराँसको रुख थियो । गुराँसको फाइदा धेरै छ मानव स्वास्थ्यमा । यसले क्यान्सर, छालाको रोग, मुटु र फोक्सोको रोग, आदि रोगहरुको उपचार गर्न मद्दत गर्छ ।
रारा तालको किनारै किनारमा हिँड्दै, रमाउँदै हामी होटल पुग्यौँ । रारा तालतिर जम्मा दुईबटा होटलको व्यवस्था रहेछ । केही पर्यटकहरुले बास बस्नको लागि आफै टेन्ट लिएर आउने रहेछन् । पाहुना धेरै भएमा होटलले आफै टेन्टको व्यवस्था पनि गर्दिने रहेछन् । हामी राराको होटल पुग्दा होटलहरु भरिभराउ थियो, चिसोले गर्दा हामी टेन्टमा नबस्ने भन्यौं अनि होटलको दाइले एउटा सानो कोठाको व्यवस्था गरिदिनुभयो । कोठामा पुग्यौं अनि फ्रेस भएर केही समय फेरि रारा घुम्ने, फोटो खिच्ने निर्णय ग¥यौं । हामीलाई स्वर्गीय रारा तालले अचम्मै पार्दै थियो । केही समय त्यहीँ बिताएर हामी होटलतर्पm लाग्यौं । कोठाको झ्यालबाट पनि अति नै सुन्दर राराको दृष्य देखिने रहेछ । म त्यही दृष्य हेरेर मग्न हँुदै बसे । होटलका खानेकुराहरु महङ्गो भएपनि मीठो थियो । बेलुका ९ बजे तिर खाना खाएर हामी सुत्यौं ।
छैठौं दिनः रारा– ताल्चा– नेपालगञ्ज– महेन्द्रनगर
त्यो दिन हामी राराबाट फर्किएर महेन्द्रनगर पुग्ने योजना थियो । हाम्रो हवाइ टिकट १० बजेको थियो । त्यसैले हामी बिहानै उठेर, फ्रेस भयौं र फेरि पैदल यात्रामा लाग्यौं । बिहानको दृष्य पनि केही कम थिएन । चिसो तालबाट घामको न्यानोले गर्दा बाफ उडिरहेको थियो, हाँसहरु तालमा तैरिराखेका थिए, घामले हामीलाई पनि न्यानो आभास गराइराखेको थियो । फर्किने क्रममा एक दुइजना यात्रुहरु पनि थिए । बिहानको समयमा हिँड्दा एकदम ताजा महसुस हुने र मन मस्तिष्क सफा भएको जस्तो लाग्ने रहेछ ।
हामी हिड्दै जाँदा एउटा कुकुर हाम्रो पछि पछि आइरहेको थियो, हामीले त्यो कुकुरलाई जति लखेट्दा पनि पछि लाग्न छोडेन । सायद यो प्राणीले हामी बाटो बिराउँछौं भनेर होला बाटो देखाउन पछि लागेको । हिड्दै जाँदा त्यो कुकुरको माया लागेर आयो । बिस्तारै हिँड्दै, झरेका लालीगुराँसको बाटोभरि स्वागतीय माया अंगाल्दै, स्वर्गीय राराको माया समेट्दै करिब बिहान ८ बजे ताल्चा एअरपोर्ट पुग्यौं । न्यानो घाममा बसि चिया पिएँ । त्यहाँ गुराँसको जुस पनि बेच्न राखेको थियो, गुराँसको धेरै फाइदा हुने कारणले गर्दा मैले एक लिटर गुराँसको जुस किने । हवाइ टिकट १० बजेको थियो त्यसैले हामीले हिजो खाएकै ठाउँमा खानाको अर्डर दियौं । धुलो, फोहोर नहुने ठाउँमा बस्दा पनि कति आनन्द आउँछ । आफू नै स्वच्छ भएको अनुभूति हुन्छ ।
राराको न्यानो माया समेटि हामी तारा एअरमा चढेर नेपालगन्ज पुग्यौं । राराको चिसोमा रमाइराखेका हामी नेपालगन्ज पुग्दा त्यहाँको गर्मी थाम्न निकै गाह्रो भयो । नेपालगन्ज एअरपोर्ट पुगे लगतै हामी महेन्द्रनगरको लागि गाडी चढ्ने ठाउँतिर गयौं र हाम्रो यात्रालाई टुङ्ग्यायौं ।