Skip to main content

Posts

Showing posts with the label मुस्कुराइरहने बन्दीपुर
      मुस्कुराइरहने बन्दीपुर                                                                           निशा जोशी नेपालको अत्यन्त सुन्दर गाउँ मानिएको बन्दीपुर घुम्न जाने इच्छा हँुदाहँुदै पनि जान पाइएको थिएन । सौभाग्यवश साथीहरुको योजनाले गर्दा म पनि बन्दीपुर घुम्ने सूचीमा सामिल हुन पाएँ । तिहार मनाएर मेरो साथीहरु केही दिन कुश्मा घुम्ने र फर्कने बेला बन्दीपुर घुम्दै काठमाण्डौ फर्कने भनेर योजना बनाएका थिए । साथीहरुलाई कुश्मामा अवस्थित रमणीय, सांस्कृतिक र ऐतिहासिक स्थलहरुको भ्रमण गराएँ । चार दिन कुश्माको स्थलगत भ्रमण गराएपछि बन्दीपुर जाने दिन आयो । आफ्नो इच्छा पुरा गर्न गइरहेकोमा आफूलाई एकदम भाग्यशाली मान्दै थिएँ । बिहान सबेरै उठेर हामी कुश्मा हुँदै डुम्रेसम्म बसको यात्रा सुरु ग¥यौं । करिब दुइ घण्टाको यात्रा पछि हामी डुम्रे बजारमा पुग्यौं । डुम्रेबाट बन्दीपुर ८ किलोमिटरको दुरीमा रहेछ । बन्दीपुरजाने लोकल गाडीहरु आधी घण्टाको अन्तरालमा आउने व्यवस्था रहेछ तर भाडामा ट्याक्सी रिजर्भ गरेर पनि जान सकिने सुविधा उपलब्ध रहेछ । हामी भने लोकल गाडीलाई नै कुर्ने निर्णय ग¥यौं । लोकल गाड