Skip to main content

Posts

Showing posts with the label पुनहिल र घान्द्रुकको यात्रा संस्मरण

पुनहिल र घान्द्रुकको यात्रा संस्मरण

नेपाल प्राकृतिक सम्पदाको धनी देश हो । सानो मुलुक भएतापनि हिमालदेखि तराइसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, चराचुरुङ्गी साथै झरना, खोला, नदीनाला, पहाड, हिमाल आदि पाइन्छन् । यहाँको चालचलन, भेषभूषा, रितिरिवाज, परम्परा, धर्म, संस्कृति, जातजातिमा पनि विविधता छ ।  नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको कारणले गर्दा पनि होला म नेपालप्रति धेरै झुकेकी छु ।  त्यसै कारणले गर्दा म फुर्सद मिलेसम्म नेपालका ठाउँहरु अन्वेषण गर्ने गर्छु । मलाई नेपालको हरेक ठाउँ घुम्ने इच्छा छ ।  घुम्न अति नै रुची भएको कारण मैले मेरो साथीहरुलाई म्याग्दी जिल्लामा पर्ने पुनहिल जाने प्रस्ताव एक महिना अगाडि नै राखेको थिएँ । सबैको घरमा बुबा आमाको अनुमति लिनका लागि समय लाग्ने भएको कारण पहिलेदेखि नै हामीले तयारी गर्दै थियौँ । ब्याच्लरस् सकिएपछिको समय जब म लगायत मेरो साथीहरु इनटर्नको लागि व्यस्त थियौँ, त्यति बेलाको समयमा हामी साथीहरु पुनहिल घुम्न जाने योजना बनायौँ ।  हाम्रो निर्धारित योजना अनुसार तिहार सकिए लगतै हामी ४ जना साथीहरु (म, पुष्पा, मनिका र जेन