काँडैकाँडाको बाटोमा हिँडेर पनि कति राम्रो फूल फुल्यो । त्यो काँडैकाँडाको भन्ज्याङबाट कसरी त्यो आत्मा हिँड्यो होला, म कल्पना गर्न पनि सक्दिन । त्यो कष्ट, त्यो पीडा, त्यो आशा, त्यो भावना नभएको भए उनी पहिल्यै यो संसारबाट विचलित भएर बिदा भएकी हुन्थिन् होला । उसको त्यो जागरुक स्वभाव, आमाबुबाको पिटाइ, धर्तीमाता र उसको आत्मबलले उनी यहाँ सम्म आइन् उनको त्यो साहसको म प्रशंसा गरेर ताली बजाउँछु । म कुरा गर्दै छु त्यो प्रतिभा जसले जीवनमा कष्ट गरेर भएपनि जीवनलाई सुन्दर देख्यो, त्यो प्रतिभा जसले गर्दा अपाङ्गको जीवन सार्थक बनायो । हो, त्यो प्रतिभा झमक कुमारी धिमिरे हुन् । मैले उनको आत्मजीवनीपरक निबन्ध “जीवन काँडाकी फूल” पढें । मलाई त्यो निबन्धले अत्यन्तै छोयो । मैले आफूलाई उनको ठाउँमा राखेर पनि हेरें तर म उनको ठाउँमा भएको भए अहिले सम्म जीवित त पक्कै हँुदिनथें र उनले गरे जति परिश्रम त कहिल्यै गर्थें भन्ने त सोच्न नि सक्दिन । निबन्ध पढ्दा उनको त्यो कहालिलाग्दो जीवन देख्दा , आफूले अनुभव गर्दा कति पीडामा डुबें । झमकलाई कति पीडा भयो होला, आफ्नो आमाबुबाले त्यतिसम्म पिट्दा, आफूले लेख्न सिक...
If there is a will there is the way...