Skip to main content

जीवन काँडाकी फूल पढेर हेर्दा



काँडैकाँडाको बाटोमा हिँडेर पनि कति राम्रो फूल फुल्यो । त्यो काँडैकाँडाको भन्ज्याङबाट कसरी त्यो आत्मा हिँड्यो होला, म कल्पना गर्न पनि सक्दिन । त्यो कष्ट, त्यो पीडा, त्यो आशा, त्यो भावना नभएको भए उनी पहिल्यै यो संसारबाट विचलित भएर बिदा भएकी हुन्थिन् होला । उसको त्यो जागरुक स्वभाव, आमाबुबाको पिटाइ, धर्तीमाता र उसको आत्मबलले उनी यहाँ सम्म आइन् उनको त्यो साहसको म प्रशंसा गरेर ताली बजाउँछु । म कुरा गर्दै छु त्यो प्रतिभा जसले जीवनमा कष्ट गरेर भएपनि जीवनलाई सुन्दर देख्यो, त्यो प्रतिभा जसले गर्दा अपाङ्गको जीवन सार्थक बनायो । हो, त्यो प्रतिभा झमक कुमारी धिमिरे हुन् । 


मैले उनको आत्मजीवनीपरक निबन्ध “जीवन काँडाकी फूल” पढें । मलाई त्यो निबन्धले अत्यन्तै छोयो । मैले आफूलाई उनको ठाउँमा राखेर पनि हेरें तर म उनको ठाउँमा भएको भए अहिले सम्म जीवित त पक्कै हँुदिनथें र उनले गरे जति परिश्रम त कहिल्यै गर्थें भन्ने त सोच्न नि सक्दिन । निबन्ध पढ्दा उनको त्यो कहालिलाग्दो जीवन देख्दा , आफूले अनुभव गर्दा कति पीडामा डुबें । झमकलाई कति पीडा भयो होला, आफ्नो आमाबुबाले त्यतिसम्म पिट्दा, आफूले लेख्न सिक्दा, बाबाले बहिनीलाई पढाउने क्रममा, आदि त्यति कष्ट सहेर पनि ज्यूनु पर्ने ।


झमकलाई सबैभन्दा धेरै माया उनकी हजुरमाले गर्थिन् । उनको हेरचाह गर्ने भन्ने नै उनको हजुरमा थिइन् । हजुरमाले भन्ने गर्थिन् रे, हजुरमा मरेपछि झमक नि मर्छिन् रे, तर त्यसो भएन । झमकलाई थाहा थियो, हजुरमा मरेपनि ऊ बाँच्नुपर्छ, ऊ मरेपनि हजुरमा बाँच्नुपर्छ भन्ने । त्यसै गरी उनकी हजुरमा मरेर कुन लोक गइन् त थाहा भएन तर मरेर गईन् र पनि झमक आफ्नो जीवन बाँचिरहिन् । 

झमकको साथी भन्नु नै धर्ती, माटो, प्रकृति नै थियो । उनी त्यही प्रकृतिमा रमाइन्, फूलसँगै फुल्दै गइन्, धर्तीमा रमाइन् र माटो र ढुङ्गामा अक्षर कोर्न सिकिन् । उनका आमाबुबाले उनलाई कपडा फोहोर बनाई, लुगा फटाली भनेर त कति धुलाई गरे त्यो त सिमित छैन । उसको त्यो निर्मम पिटाई र धुलाई मलाई त साह्रै असह्य भयो । म पनि उसको पीडामा सामिल भएँ । मैले पढ्दै जाँदा उनको हरेक चरित्र र दिनचर्यालाई मनमा कोर्दै गएँ र मनमै एउटा चलचित्र बनाएँ । 

झमक हरेक दुःखमा पनि सानो खुसी खोजेर रमाउँथिन् उनले त्यो दुःखमा पनि सानो सुख पाइन् भने खुसीले प्रफुलित भएर दुःखलाई बिर्सिने थिइन् । मलाई उनको त्यो बानी अत्यन्तै मन प¥यो । त्यति कष्ट, त्यो काँडामा बसेर पनि कति सुन्दर देख्थिन् झमकले आफ्नो जीवन । 

भलमकले कति दुःख, दर्द सहेर, कति रगत बगाएर अक्षर लेख्न सिकिन्, त्यो त अझ सम्म कसैले नै गरे होलान् । लुकीलुकी बहिनीले लेखेको हेरिन्, बाबाले बहिनीलाई पढाउँदा टाढाबाट नै सुनिन्, बहिनीका पुराना पानाहरुबाट सिकिन् र धर्तीमा बिच्छ्याइन् । उनीसँग कलम र कापी नभएकाले उनले माटोमा, ढुङ्गामा सिङ्काले लेख्दा कति पटक घाउ भयो, कति पटक रगतका धारा बगे । त्यत्ति कष्ट गरेर उनले आफूले अक्षर सिकिन् र शब्द बनाइन् र उनी आफू लेख्न जान्ने भइन् । पछि समय बित्दै जाँदा उसलाई बहिनीले माया गर्न थालिन्, त्यो मायाले गर्दा पनि उनले धेरै सहयोग पाइन् । उनको बहिनीले आफ्नो स्कुलको पुस्तकालयबाट धेरै पुस्तकहरु ल्याइदिने गरिन् जसले गर्दा झमकले बाहिरी संसारलाई चिन्न सजिलो बनायो । 

उनले साहित्य, विज्ञान र समसामयिक विषयको ज्ञान पाइन् । झमकको लागि पुस्तकहरु पढ्ने बानी बसिसकेको थियो । आफूलाई मनपरेका रचनाहरु उनले लेख्न र घोक्ने गर्थिन् । 

अक्षर जानेर मात्र जीवन कहाँ सजिलो हँुदो रहेछ र ? झमकले जति पढे पनि उनका बुबाले उनलाई कहिल्यै राम्रो सोचेनन् । तैले जति पढे पनि के हुने हो र भन्थे । उनलाई ती शब्दहरु सुन्दा कति पीडा भयो होला ? 

जीवन चलिरहेकै थियो, उतारचढाब आइ नै रहेको थियो । उनले कति मानिसलाई भेटिन्, कतिले त राम्रो माने होलान्, कतिले मानेनन् पनि होलान् । तर पनि उनी आफ्नो जीवनसँगै हिँडिरहेकी नै थिइन् । त्यसै क्रममा उनका रचनालाई कतिले मनपराए, कति पत्रिकाहरुमा छापिए र कतिले उनले रचेका रचनाहरुको किताब नै प्रकाशित गरे । त्यो समय उनलाई कति खुसी लाग्यो, कति प्रफुलित भइन् र कति प्रशंसा पनि पाइन् त्यो उनीमा नै भरपर्छ । झमकको जीवनमा आएका ती गुणी व्यक्तिहरु जसले उनको लागि अमूल्य योगदान दिए , कति माया दिए र सहयोगको हात बढाए, ती सबै व्यक्तिहरु उसको लागि अत्यन्तै महत्वपूर्ण व्यक्ति बने । झमकले न घाम भनिन्, न त पानी, न सुख, न दुःख हरेक क्षण उनले आफ्नो रचना सृजना गरिन् । उनले आफूले पीडा जति सहे पनि अरुलाई भने खुसी पार्न खोज्थिन् आफ्नो सृजना मार्फन् ।

झमकले आफ्नो जीवनमा इन्द्रेणी रङ्ग भरिन्, ती रङ्गसँग खेलिन्, आफ्नो मनका भावनाहरुलाई रङ्ग मार्फत् पोखिदिइन् र सबै माझ थुपारिदिइन् । उनले भनेझैँ “सायद फूलमा पनि काँडा नहँुदो त त्यति सुन्दर हुने थिएन होला”, हो दुःख बिना मानिस कसरी सफल हुन सिक्थ्यो होला । झमकले त्यति कष्ट, त्यति रगत बगाइन् त बल्ल आफ्नो जीवनमा कोमल फूल पाइन् । त्यसै गरी हामी हरेक मानिस पनि काँडाको बाटो हिँडेपछि सुन्दर फूल अवश्य प्राप्त गर्नेछौं । दुःख नरहेसम्म त्यसको सामना नगरेसम्म, त्यस दुःखलाई नचिनेसम्म त कहाँ सुख प्रापत गर्न सकिन्छ र । काँडा फलेपछि मात्र पो फूल फल्छ त । जीवन पनि काँडैकाँडासँग रुमलिएको एउटा सुन्दर फूल हो जसलाई हामी सुखदुःख भन्छौं । 

लेखक : निशा जोशी  (2068)

Popular posts from this blog

Concept of Temperature: Short Questions and Numerical

Heat and temperature Short questions: 1.        Distinguish between heat and temperature? 2.        Distinguish between heat and work? 3.        When two bodies A and B are brought in contact, heat flows from body B to A. Which is at higher temperature? 4.        Why is mercury used commonly  as a thermometric substance? Give two reasons. 5.        What is thermal equilibrium? Can two object not in contact ever be in thermal equillibrium? 6.        State Zeroth law of thermodynamics? Define temperature on the basis of Zeroth law  of thermodynamics? 7.        Why two objects in thermal contact come in thermal equilibrium? 8.        Which physical quantity determines the direction of flow of heat? 9.    ...

A book review “ Karodau Kasturi”

As being a Nepali, I am so very fascinated with the Nepali literature. So, this year (2075) I made a New Year Resolution to read at least a book (Nepali) every month. I finished reading Khabuj by Benyamin ( translated by Dinesh Kafle), Seto Dharti by Amar Neupani, China Harayeko Manche and Hari Bahadur by Haribansa Acharya, Sallipir,Yaar,Lu and Chocolate by Nayan Raj Pandey, Juneli by Brajesh, Juino by Binita Baral, Summer Love, Monsoon and Katha ki Patra by Subin Bhattari, Karnali Blues and Firfire by Buddhi Sagar, Maha ko Ma by Madan Krishna Shrestha and so on. Last weekend I finished reading “Karodau Kasturi” by Madan Puraskar winning Author ‘Amar Neupane’. Though this book was with me from past few years, I could not manage time to read this one. So, last Friday I started reading this book. Karodau Kasturi is based on actor/comedian Haribansa Acharya. This novel is all of imagination, not the true story though, but reflects the truth of the society. The name of no...

Explanation of Central bank and its major functions

The central bank is the institution that controls the monetary and banking structure of the country.  The central bank (CRB)is a non-profit making the financial institution. CRB is at the highest point of the whole financial system of the country. CRB has monopoly power of note issue. In other words, it is the principal banking and monetary institution of a country. It controls and regulates the activities of other banks. It is under government ownership and management. It regulates the monetary and credit conditions to attain the goals of the state.  Functions of Central Bank:  A central bank is the apex institution of a country’s monetary system. Since the monetary system of the country, in any case in a developing country, a central bank is also the apex institution of its financial system. As such it plays a leading role in organizing running, supervising, regulating and developing the monetary-financial system.  A central bank perfo...