मानिसले आफूले ज्यूने क्रमसम्म सुख चाहन्छ । ऊ आनन्दको साथ आफ्नो जीवन बिताउन पाए कति रमाइलो हुने थियो होला भन्ने सोच्छ । उसले आफूले कहिल्यै पनि दुःख देख्न नपरोस् भन्ने गर्छ, तर मानिस जन्मिएपछि उसले आफूसँग सुख र दुःख दुवै सँगै ल्याएको हुन्छ । भनिन्छ मानिसले धेरै दुःख सहेरै मात्र सुख प्राप्त गर्न सक्छ जुन मीठोे र रमाइलो हुन्छ । हामी सबैलाई थाहा नै छ होला हरेक कथाको अन्त्य सुखमा बित्छ जसको सुख दुःख र कष्टबाट भएको हुन्छ ।
हामीले शब्दकोषमा हे¥यांै भने सुखको परिभाषा शारीरिक र मानसिक आनन्दको अनुभव, हर्ष र आनन्दको रुपमा लिइएको देख्छौ । मलाई भने सुख भनेको आफ्नो मनमा उब्जने रमाइलो अनुभव हो जहाँ हामीले खुसी पाउन सक्छौं जस्तो लाग्छ । शारीरिक वा मानसिक पीडा हुनु, कष्ट हुनुलाई दुःखको रुपमा लिइएको छ, हाम्रो नेपाली शब्दकोषमा भने मेरो धारणामा दुःख महसुस हामीले तब गर्छौ जब हाम्रो मन रुन्छ, हामीमा केही गर्ने क्षमता बृद्धि हुँदैन र हाम्रो नराम्रो सोच जसका कारण हामी डराउँछौं ।
कहिले काँही हामीले सुख त पाउँछौ तर पनि हाम्रो मनमा डर हुन्छ कतै त्यो सुख क्षणिक त होइन, कतै त्यो सुखले भविष्यमा दुःख ल्याउने त होइन यस्तै यस्तै आदि । हामीले यस्तो सोच्नु बेकार हो । मानिस भएपछि सुखले अङ्गाल्दा आफू पनि सुखी र खुसी हुनुपर्छ । तब मात्र पछि दुःखसँग सामना गर्न सकिन्छ । जीवन भनेको नै दुःख र सुखको मिश्रण हो । कहिले सुख पाइन्छ त कहिले दुःखसँग लड्नुपर्छ । हामीले जीवनमा जे जति देख्छौं, सुन्छौं र गर्छौ त्योबाट हामीले दिनदिनै नयाँ कुरा सिकिरहेका हुन्छौं । दुःख र सुख पनि त्यही सिक्ने क्रममा आउँछ ।
सानो बच्चाले आफ्नो आमाबुबाले नयाँ खेलौना ल्याइदिनु भयो भने सुख र खुसी प्राप्त गर्छ । विद्यार्थीले आफूले परिक्षामा राम्रो अङ्क पायो भने सुखी हुन्छ । आमाबुबा जब आफ्नो छोराछोरीले राम्रो काम गर्छन् तब सुख पाएको अनुभव गर्छन् । काम गर्ने मान्छेले आफ्नो मालिकले उसको कामलाई राम्रो मान्यो भन्ने सुख पाउँछ । बाटोमा भिख माग्नेले सुख प्राप्त गर्छ, जब उसले आफुलाई खान पुग्ने पैसा या अरु केही पाउँछ । परिवारका सदस्यहरु एकजुट भएर कार्य गर्दा सुख पाउँछन् । शिक्षक आफ्नो विद्यार्थीले आफूलाई आदर गरेर असल कार्य ग¥यो भने सुख हासिल गरेको महसुस गर्नुहुन्छ । माथिका केही कारणहरुले गर्दा मानिसले सुख पाइरहेका छन् ।
आमाबुबाले आफ्नो बच्चालाई गाली गर्दा बच्चाले दुःखको अनुभव गर्छ । आमाबुबाले आफ्नो छोराछोरीलाई राम्रोसँग पाल्न नसकेमा दुःख महसुस गर्छन् । भरियाहरुले जब ठाउँ बन्द हुन्छ ( केही दिनको लागि ) ती दिनहरु ऊ काम गर्न नै पाउँदैन र उसले दुःख पाएको ठान्छ । कोही मान्छे जब घाइते भएर अपाङ्ग बन्छ, तब उसले अब केही गर्न सक्दिन भन्ने सोचेर दुःख मान्छ । साथीहरु छुट्टिने बेलामा पछि भेट्न पाइने हो की होइन भनेर दुःख मान्छन् आदि कारणले गर्दा मानिसले दुःखको अनुभूति गर्छन् ।
दुःख पाउन त सजिलो छ तर सुख खोज्न गाह्रो छ, हामीले दुःखसँग लड्न धेरै कष्ट गर्छौ तर सुखसँग रमाउन केही पनि गर्नु नै पर्दैन त्यत्तिकै रमाइन्छ, न त्योसँग लड्न नै पर्छ न कष्ट सहनु नै पर्छ त्यो आफै महसुस हुन्छ । यदि हाम्रो सोच असल छ भने हामीले सधै सुख प्राप्त गर्न सक्छौं । सुख चाहने मानिसहरुले त दुःखमा पनि सुख पाएको अनुभव गर्छन् । उनीहरुको मन स्वच्छ र सफा हुन्छ र उनीहरु दुःख मान्दैनन्, उनीहरुले त दुःख त आइरहन्छ तर त्यो दुःखलाई दुःख नमानिकन कसरी सामना गर्ने र सुख पाउने विचार गर्छन् किनकी उनीहरुको मन पवित्र र सुविचारले भरिएको हुन्छ । उनीहरु दुःख आयो भनेर रुदैनन्, कराउँदैनन्, न सहयोग नै माग्छन्, उनीहरु आफै सबै दुःखसँग सामना गर्छन् र सुख हाँसिल गर्छन् ।
अरु मानिसहरु जस्तै म पनि सुख र दुःखको अनुभूति गर्छ । जब म मेरो आमाबुबाको मुहारमा मीठो मुस्कान ल्याउन सफल हुन्छु, मैले सुख पाउँछु । मेरो परिक्षाको नतिजा राम्रो अएको खण्डमा, म मेरो परिवारका सदस्यसँग रमाउने क्रममा, साथीहरुसँग समय बिताउने पलमा, शिक्षकले दिएको कार्य पूरा गरेमा, नयाँ कुरा सिक्ने बेलामा, आदि घडीमा मैले सुखको अनुभव गर्छु । कति आनन्द पाउँछ मेरो मनले, मेरो मन शान्त हुन्छ जब म यी कार्य गर्ने गर्छु । मलाई दुःख पनि लागछ र मलाई नराम्रो पनि, जब म आफूले चाहेको गर्न सक्दिन, आमाबुबालाई खुसी बनाउन सक्दिन, साथीहरुसँग टाढा हुन्छु, बाटोमा भिख माग्दै हिँडेका मानिसहरु देख्छु, उनीहरुलाई सहयोग गर्न असफल हँुदा त नराम्रो लाग्छ । हो यिनै कुराहरुले मलाई दुखित तुल्याउँछ ।
अतः जीवन चलिरहन्छ, जीवनका सहयोगीहरु यी दुःख र सुख नै हुन् । कहिले हामी दुःखी हुन्छौं त कहिले सुखी । तर हामी महान् हुन्छौं जब हामीले दुःखमा पनि सुखलाई हेर्ने गर्छाै । सुख हाँसिल गर्न प्रयास गरौं, दुःखसँग लड्न सिकौं त्यसबाट नै हामीले जीवनमा नयाँ कुराहरु सिक्छौं । त्यो मानिस महान् हो जो दुःखमा पनि मुहारमा मीठो मुस्कान छर्छ ।
लेखिकाः निशा जोशी