मुस्कुराइरहने बन्दीपुर
निशा जोशी |
नेपालको अत्यन्त सुन्दर गाउँ मानिएको बन्दीपुर घुम्न जाने इच्छा हँुदाहँुदै पनि जान पाइएको थिएन । सौभाग्यवश साथीहरुको योजनाले गर्दा म पनि बन्दीपुर घुम्ने सूचीमा सामिल हुन पाएँ । तिहार मनाएर मेरो साथीहरु केही दिन कुश्मा घुम्ने र फर्कने बेला बन्दीपुर घुम्दै काठमाण्डौ फर्कने भनेर योजना बनाएका थिए । साथीहरुलाई कुश्मामा अवस्थित रमणीय, सांस्कृतिक र ऐतिहासिक स्थलहरुको भ्रमण गराएँ । चार दिन कुश्माको स्थलगत भ्रमण गराएपछि बन्दीपुर जाने दिन आयो ।
आफ्नो इच्छा पुरा गर्न गइरहेकोमा आफूलाई एकदम भाग्यशाली मान्दै थिएँ । बिहान सबेरै उठेर हामी कुश्मा हुँदै डुम्रेसम्म बसको यात्रा सुरु ग¥यौं । करिब दुइ घण्टाको यात्रा पछि हामी डुम्रे बजारमा पुग्यौं । डुम्रेबाट बन्दीपुर ८ किलोमिटरको दुरीमा रहेछ । बन्दीपुरजाने लोकल गाडीहरु आधी घण्टाको अन्तरालमा आउने व्यवस्था रहेछ तर भाडामा ट्याक्सी रिजर्भ गरेर पनि जान सकिने सुविधा उपलब्ध रहेछ । हामी भने लोकल गाडीलाई नै कुर्ने निर्णय ग¥यौं । लोकल गाडी कुर्दै गर्दा हामीले त्यही अवस्थित एउटा सानो खाजा घरमा बसेर खाजा खायौं । गाडी आएपछि हाम्रो बन्दीपुरको यात्रा सुरु भयो । उकालो बाटो कुदाउन पर्ने भएकाले ८ कि.मि. कुद्न करिब ४० मिनेट लाग्यो ।
बन्दीपुर तनहँुको पुरानो सदरमुकाम हो तर वि.सं. २०२५ सालमा तनहँुको सदरमुकाम दमौली सारिएको थियो । बन्दीपुर सदरमुकाम हँुदासम्म यहाँ धेरै चहलपहल हुने गर्दथ्यो । पर्यटकहरुको आवतजावत पनि धेरै हुने गर्दथ्यो । तर वि.सं. २०३० सालमा बनेको पृथ्वी राजमार्गले बन्दिपुरलाई नछोइ गएपछि बन्दिपुर बजार ओझेलमा पर्न गयो । तर अहिले बन्दिपुरले आफ्नो रुप फेरेको छ । अहिले पर्यटकहरुले बन्दिपुरलाई आफ्नो गन्तव्य स्थल बनाएका छन् । यहाँ अन्तरिक र बाह्य पर्यटकहरुको आवतजावत बढेपछि बन्दिपुरले आफ्नो संस्कृति र ऐतिहासिक छविलाई अझै कायम राख्न सफल भएको छ ।
सम्म ठाउँमा दुवैतिर अत्यन्तै कलात्मक ढङ्गका घरहरु उभिएको सानो गाउँ बन्दिपुर पहिलो पटक देख्दा हर कोहीलाई पनि नलोभ्याउला भन्न गाह्रो नै पर्ला । आफ्नो ठाउँ, संस्कृति, पहिचान, पर्व, ऐतिहासिक छवि, भेषभूषालाई बन्दिपुरका बासिन्दाले निकै राम्रो किसिमले जोगाइ राखेका छन् । सायद यही नै सबभन्दा महत्वपूर्ण कुरा होला बन्दिपुरको मोह जगाउन हर कोहीलाई ।
नेपालको अत्यन्तै सुन्दर र आकर्षक ठाउँ भनेर चिनिन्छ बन्दीपुर गाउँपालिकालाई । बन्दीपुरलाई नेवारी संस्कृतिको जिवित संग्रहालयको रुपमा लिइन्छ जुन यहाँका सर्वसाधारणहरुले निकै सुन्दर ढङ्गले झल्काएका छन् । इतिहासलाई सम्झँदा यो मगर गाउँ हो र पछि भक्तपुरका नेवारहरुले भारत र तिब्बतबीचको व्यपारको एउटा महत्वपूर्ण नाकाको रुपमा विकसित गरेको बुझिन्छ । भक्तपुरका नेवारहरु बन्दीपुरमा भित्रिएपछि यहाँ नेवारी संस्कृति, परम्परा, रितिरिवाज र भेषभूषा पनि भित्रिएको बुझिन्छ ।
पर्यटकहरुको आवतजावतका कारणले गर्दा होला यहाँ हरेक प्रकारको खानपिन र बसोबासको व्यवस्था रहेछ । यहाँ होमस्टे, होटल, रेस्टुरेन्ट र लजहरुको राम्रो सुविधा रहेछ । हामी होटलभन्दा होमस्टेमा बस्ने सोच बनाएकाले होमस्टे खोज्न तर्फ लाग्यौं । कायास्था होमस्टे हाम्रो नजरमा प¥यो र हामी त्यहीं बस्ने निर्णय गरेर त्यहाँ कोठाको व्यवस्था गर्न आग्रह ग¥यौं र कोठा भइसकेपछि त्यहीं एकछिन आराम ग¥यौं र फ्रेस भएर बन्दीपुरको रमणीय स्थलहरु घुम्न निस्कियौं ।
स्थानीय बासिन्दाको अुसार यहाँको आकर्षणहरु थानीमाइ मन्दिर भ्यू पोइन्ट, टँुडिखेल, खड्ग देवी मन्दिर, पद्म पुस्तकालय, सिद्ध गुफा र सिल्कवोर्म फार्म हुन् । स्थानीय बासिन्दाको सुझाब अनुरुप हामी पहिले थानीमाइ मन्दिर भ्यू पोइन्ट जाने अनि टँुडिखेल सूर्यास्त हेर्न पुग्ने भयौं ।
हाम्रो पहिलो गन्तव्य थानीमाइ मन्दिर भ्यू पोइन्ट पुग्न ठाडो पहाड चढ्नु पर्ने रहेछ । दिउँसोको समय घाम मजाले लागिरहेको थियो त्यही पनि जाडो महिना भर्खरै भित्रिदै गरेकाले गर्दा हामीलाई हिँड्न मुस्किल भएन । बाटो केही उकालो थियो, हिँड्न सजिलो होला भनेर थानीमाइ जाने बाटो भ¥याङ्गको बाटो थियो । करिब ३० मिनेट पैदल यात्रा गरेर हामी बन्दीपुरको थानीमाइ मन्दिर पुग्यौं । थानीमाइ मन्दिरले आफ्नो छुट्टै इतिहास बोकेको छ । यहाँको पुजारी अनुसार देवी भगवान बसन्तपुरबाट यो ठाउँमा आउनुभएको र देवीलाई राख्न थान बनाएकाले थानीमाइ मन्दिर भनिएको हो । मगंलबार र शनिबार यहाँ विशेष पूजा गरिने गर्छ । यस मन्दिरमा कत्र्तिक र मंसिर महिनामा मेला लाग्ने गर्छ ।
थानीमाइ मन्दिर, मन्दिर मात्र नभएर यो भ्यू पोइन्ट पनि हो । यहाँबाट बन्दीपुर डुम्रे र वरिपरिका ठाउँहरु नियाल्न सकिन्छ साथसाथै यहाँबाट सुन्दर हिमश्रृङ्खला पनि देखिन्छ । यहाँ धेरै मानिसहरु सूर्याेदय र सूर्यास्त हेर्न आउने गर्छन् । तर हामी दिउँसोको समयमा गएकाले हामीले सूर्याेदय वा सूर्यास्त चाँहि अवलोकन गर्न पाएनौं तर पनि त्यहाँबाट देखिने दृष्य केही कम थिएन । शीतल हावा अनि रुखहरुको छहारीले निम्त्याएको आनन्दले गर्दा हामी केही समय त्यही बस्न बाध्य भयौं ।
समय कम र ठाउँ सक्दो घुम्ने मनसायले गर्दा हामी अर्काे गन्तव्य तर्फ लाग्यौं । हाम्रो अर्काे गन्तव्य थियो बन्दीपुरको टँुडिखेल । काठमाण्डौको टँुडिखेल भन्दा धेरै आकर्षक बन्दीपुरको टँुडिखेल ठूलो चौर हो जहाँबाट हिमाल, पहाड र डुम्रे बजार देख्न सक्छौं । टाढा टाढासम्म फैलिएका पहाडका श्रृङ्खलाहरु, निर्मल सफा आकाश, अस्ताउँदै गरेको सुनझैँ देखिएको सूर्य, डाँडाकाँडा, टाकुरा, फाँट, हिमाल, आदि अवलोकन गर्न पाउँदा म निकै खुसी थिएँ । टँुडिखेल वरिपरि छरिएको मनमोहक प्राकृतिक सौन्दर्यलाई मनभरि अँगाल्दै र क्यामेरामा कैद गर्दै केही समय त्यहीँ बितायौं । हामीले टँुडिखेलबाट केही पर पुगेर सूर्यास्त हेर्ने सोच बनाएकाले करिब १५ मिनेट हिँड्यौं । त्यहाँबाट अत्यन्तै शानदार सूर्यास्त देखिएको थियो । जब त्यो सूर्यास्तले हिमाललाई पछ्यायो अनि हिरा झैँ टल्किएको हिमाल जब सुन झैँ टल्कियो, त्यो दृष्य अदभूत देखिएको थियो । पहाड नै पहाडबीच पनि सूर्यास्तले परिवर्तन गरेको दृष्य मनमोहक थियो । हामी केही समय त्यही बिताएर बजार निस्कियौं ।
बेलुकाको समय भएकाले हरेक घर उज्यालो भएका थिए । घरको उज्यालोले आफूलाई स्वागत गरिरहेको भान भयो । बन्दीपुर बजार बेलुकाको उज्यालोमा झनै सुन्दर र चिटिक्क परेको थियो । यो काठमाण्डौको ठमेल र दरबारमार्ग भन्दा कम लागेन । कति रमाइलो बन्दीपुर बजार, आँहा ! मननै यही पग्लियो मेरो ।
हामीले होमस्टेमा खाना खाने सोच बनाएका त थियौं तर पनि त्यहाँको रमाइलोले गर्दा त्यही नै बस्न मन लाग्यो र हामीले त्यही बजारको एउटा रेष्टुरेन्टमा गएर खाजा खायौं र शरीर तताउन मीठो कफी पनि पियौं । खाजा खाइवरि हामी साथीहरु यात्राको कुरा गर्दै होम स्टेमा पुग्यौं । अर्काे दिन पुग्नु थियो हाम्रो अर्काे गन्तव्य– सिद्ध गुफा र फर्कनु थियो काठमाण्डौ । सोही अनुरुप आफूलाई तयार गर्दै अर्काे दिन सबेरै उठी सिद्ध गुफा जाने निर्णय सहित निद्रा देवीको काखमा बास बिसायौं ।
बिहान ७ बजे उठेर हामी तयार भएर सिद्ध गुफा जान हिँड्यौं । सिद्ध गुफा ( सिद्धेश्वर) विमल नगर, तनहँु जिल्लामा पर्दछ । वि.स. २०४४ सालमा पत्ता लागेको यो गुफा ४३७ मिटर लम्बाइको छ भने ४ फिट देखि ५० फिटसम्म रहेका स्थानहरु छन् । यो गुफा नेपालको सबैभन्दा ठूलो र एसियाको दोस्रो ठूलो गुफा हो । सिद्ध गुफा जानको लागि केही उकालो ओरालो बाटो काट्दै हिँड्नु पर्ने थियो । बिहान सबेरै हिँडेकाले गर्दा हुस्सुले पहाड, डाँडाकाँडा अत्यन्तै सुन्दर देखिएको थियो । बादलमाथि हिँडिरहेको जस्तो अनुभूति भएको थियो । लाग्दै थियो म कुनै चरा हो म स्वच्छन्द भइ उडिरहेकी छु । हल्का चिसो, जङ्गलका रुख, बिरुवामा परेका शीत र हुस्सुले गर्दा आफू कुनै अर्कै दुनियामा पो आएँ कि भन्ने भान भइरहेको थियो । करिब २ घण्टाको उकालो ओरालो पछि पुग्यौं सिद्ध गुफा । बिहानै पुगेकोले गर्दा त्यहाँको गेट खुलिसकेको थिएन त्यसैले हामीले जुक्ति लगायौं र भित्र जान सफल भयौं । यो गुफा मैले देखेको गुफाहरु मध्येको सबैभन्दा ठूलो गुफा हो । कोही पनि नभएको कारण हामीलाई लाइट सुविधा भएन तर हामीले मोबाइलको लाइट प्रयोग गरि केही भित्र सम्म पुग्यौं । गुफाभित्रको अँध्यारो वातावरण, चमेराको आवाज अनि अलि हिलो भँुइले हाम्रो सिद्ध गुफा भ्रमण रोमाञ्चक बनाइरहेको थियो । हामी फर्किने बेला गाइड आउनु भएकाले हामी निस्किएपछि उहाँसँग वार्तालाप ग¥यौं । उहाँको अनुसार यो गुफामा सिद्ध बाबाले ज्योति हाँसिल गर्नु भएको रहेछ । सिद्ध गुफाको प्रवेश शुल्क नेपालीलाई रु. २० र विदेशीलाई रु. २०० रहेछ । यहाँको गाइडले समूह बनाएर आफैले गुफा घुमाउनु हुने रहेछ । केही समयको वार्तालाप पछि हामी फर्कियौं ।
फेरि उकालो ओरालो गर्दै गफमा भुल्दै हामी साथीहरु १० बजे होमस्टे पुग्यौं । सामानहरु प्याक गरेर होमस्टेबाट बिदा भइ बन्दीपुरको माया मनभरि समेट्दै एउटा रेष्टुरेन्टमा खाना खान तर्फ लाग्यौं । करिब मध्यान्न १२ बजे काठमाण्डौको यात्रा सुरु भयो ।
मेरो बन्दीपुर बसाइ छोटो र अपुग भएतापनि यस ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, स्वच्छ हावापानी, यहाँबाट देखिने हिमश्रृङ्खला पहाड, यहाँको आकर्षण र यो ठाउँको मायाले मेरो मनमा एक अविष्मरणीय छाप छोडेको छ जुन म जिन्दगीभर आफ्नो मनबाट बिलिन हुन दिने छैन । बन्दीपुरले छाएको मेरो यो ओठको मुस्कान जसरी, नै छाइराखोस् बन्दीपुरको मुस्कान पनि ।
-- निशा जोशी