Skip to main content

रारा यात्रा

निशा जोशी 
पश्चिममा महाकालीसम्म फैलिएको नेपाल भन्ने सुनेको भएतापनि महाकाली पुग्ने अवसर प्राप्त भएको थिएन । २०७४ सालको वैशाखमा मन मिल्ने साथी काजोलको निम्तोमा सुदुरपश्चिमको महेन्द्रनगर जाने मौका मिल्यो । महेन्द्रनगर राम्रोसँग घुम्न नपाउदैं काजोलको कामका कारण टिकापुर हँुदै जानुपर्ने भयो । मेरो लागि त त्यो खुशीको कुरा थियो, किनकी सुन्दर छ भन्ने सुनेको टिकापुर पनि घुम्ने अवसर बोनसमा पाउँदै थिए ।



पहिलो दिनः महेन्द्रनगर– कर्णाली ब्रिज–टिकापुर
हामी महेन्द्रनगरबाट चिसापानी हुँदै टिकापुर जाने योजना सहित २ बजे महेन्द्रनगरबाट चिसापानी जाने गाडीमा चढ्यौं । चिसापानी जानुको उद्देश्य प्राविधिक र सौन्दर्यताको दृष्टिले आकर्षक कर्णाली पुल घुम्ने थियो । जापान सरकारले चिसापानीमा कर्णाली पुलको निर्माण गरेको रहेछ, जुन कैलाली र बर्दिया जिल्लाको सिमानालाई जोड्छ । यो तार पुल (cable-stayed bridge)  हो जसको बिचमा ठूलो खम्बा छ र त्यसमा स्टीलको तारहरु बाँधेर ट्रसलाई अड्याइएको छ । यो पुलको लम्बाई ५०० मिटर , चौडाई १० मिटर र बिचको खम्बाको एक भाग तिर ३२५ मिटर तथा अर्काे भाग तिर १७५ मिटर छ । पुलमा पुग्दा सिरसिर हावा चलिरहेको थियो, ठूलो कर्णाली नदी शान्त रुपमा एकनाशले बगिरहेको थियो । अनि आकर्षक कर्णाली पुल हाम्रो स्वागतमा उभिरहेको थियो । त्यो सुन्दर दृष्यलाई हामीले ढिलो नगरिकन क्यामेरामा कैद गर्न थाल्यौं ।






















कर्णाली पुलसँग बिदा माग्दै हामी टिकापुर जाने बसमा चढ्यौँ । टिकापुर पुग्न करिब झण्डै १ घण्टाको यात्रापछि साँझ ६.३० बजे टिकापुर पुगेर होटलको ब्यवस्था ग¥यौँ । त्यसपछि खाना खानकालागि नजिकका क्याफेमा गयौँ । क्याफेमा ग्राहकहरुलाई स्वागत गर्ने शैली तारिफ योग्य थियो । त्यो भन्दापनि तारिफ गर्न लायकको बिषय क्याफेमा पाइने मीठा मीठा परिकार थिए । भोकको बेला स्वादिष्ट परिकारहरुसँगैे आइसक्रिम पनि खायौँ । त्यसपछि होटल पुगेर अर्को दिनको योजना बनाउदैँ निदायौँ ।


दोस्रो दिनः टिकापुर–सुर्खेत

टिकापुर पार्क अत्यन्तै सुन्दर छ भन्ने सुनेको थिएँ त्यसैले बिहानै हामी त्यस पार्कमा पुग्यौँ । जतिबेला राजा महेन्द्र मुटुका कारणले अस्वस्थ थिए, डाक्टरहरुको सल्लाहमा उनलाई आरामको जरुरी थियो । त्यसकै लागि उनले टिकापुरमा सुन्दर पार्क निर्माणगरि केही महिना त्यहि पार्कमा बिताएका रहेछन । उनको स्वस्थ्यमा पनि क्रमशः सकारात्मक सुधार भएछ । आराम गर्नका लागि राजा महेन्द्रले बनाएको कारणले गर्दा टिकापुर पार्कलाई The Rest Place of King Mahendra: Tikapur Park पनि भनिन्छ ।


























अहिले टिकापुर पार्क महत्वपूर्ण गन्तव्यको रुपमा परिचित छ । यहाँ आउने पर्यटकहरु (अन्तरिक, विदेशी) शीतल र शान्त वातावरणमा रमाउँदै आनन्द लिन्छन् । रङ्गीबिरङ्गी फूलहरु, ठूला साना रुख बिरुवाहरु, चिटिक्क परेका कटेजजस्ता घरहरु, चराचुरुङ्गीहरु, हरियाली वातावरण, खुला मैदान आदिले स्वर्गको टुक्रा जस्तै टिकापुर पार्कमा हामी घुम्दै थियौँ, म त्यहाँको वातावरणमा डुब्दै थिएँ त्यसैबेला साथी काजोलले मेरो हात समातेर बाहिर जाऔँ भन्दै तान्न थाली । हामी बसेको नजिकै सर्प देखेर उसले बाहिर जाउँ भनेको रहिछ । सर्प हामीदेखि टाढा भागिसकेको थियो, तर पनि हामी पार्कबाट बाहिर निस्कियौँ ।






















टिकापुरमा केराको हरेक परिकार बन्छ भन्ने सुनेका थियौँ र त्यही परिकारहरुको स्वाद लिनको लागि हामीले केराको परिकार पाइने ठाउँ खोज्यौं । टिकापुरमा हामी नयाँ भएकाले हामीले त्यहाँको स्थानीय बासिन्दालाई केराको परिकार  पाइने ठाउँबारे सोधखोज ग¥यौँ । उनीहरुले केही पर“Banana Agro Resort”  छ भने र हामी त्यही पाउने ठाउँसम्म पुग्नको लागि रिक्साको सहायता लियौँ । त्यही परिकारहरुको स्वाद लिनको लागि हामीले केराको परिकार पाइने ठाउँ खोज्दै “Banana Agro Resort”  रिक्सा चढेर पुग्योैँ । त्यहाँको मेनुमा लेखिएका केराबाट बन्ने जुस, चिप्स्, अचार, पकौडा, मःम, चिल्ली, टिक्की, प्यानकेक, परौठा, खिर, बुङ्गाको अचार, आदि हेरेर दङ्ग पर्दै हामीले केराको परौठा, पकौडा, चिप्स्, अचार र बुङ्गाको अचार अर्डर ग¥यौँ । सबै परिकार मीठा मात्र थिएनन् सस्तो पनि थिए । 

रारा खाने हो ? काजोलको प्रश्न मेरो कानमा ठाक्किए पनि मैले केराको परिकारले भरिएको पेट देखाउँदै भने केराको परिकारले पेट यति भरिएको छ कि अब त ल्वाङ अट्ने ठाउँ पनि छैन, यस्तो बेला के को रारा चाउचाउ खाने नि ? मेरो जवाज सुनेपछि काजोल मुर्छा परेर हाँस्न थालि । रारा खाने भनेको होइन मोटी, रारा जाने भनेको । रारा ताल अर्थात स्वर्गकी अप्सरा .. सरप्राइज दिने भनेर मैले तलाई भनेको थिइन, हामी भोलि रारा जान्छौँ बुझिस् ? काजोलको प्रश्ताब सुनेर  म खुसीले उफ्रदै बुझे हजुर बुझे भन्दै नाच्न थाले । काजोलको तालिम सकिएपछि हाम्रो मुख्य गन्तब्य रारा पुग्न कालिकोटको यात्राको लागि गाडी खोज्यौं ।

त्यहाँबाट कालिकोट पुग्नका लागि हामी पहिलो दिन सूर्खेतमा र दोस्रो दिन कालिकोटमा बास बस्नु पर्ने रहेछ । तेस्रोे दिन अर्काे गाडी चढ्नु पर्ने रहेछ । साँझ ४.३० बजेको थियो हामी टिकापुरबाट सूर्खाेतको लागि गाडी चढ्दा । गर्मी चर्केको नै थियो, त्यही माथि गाडीमा क्षमताभन्दा धेरै यात्रु र सामानले गर्दा गर्मी अभैm बढेको जस्तो भयो । गाडीमा पश्चिमेली गीतहरु गुन्जिरहेको थियो । पश्चिमको गीतहरु कस्तो दुःखको मात्र हुने । सुन्ने मान्छेपनि यतिकै दुःखी हुन्छ होला । मन नलागी नलागी भएपनि पश्चिमेली गीत सुन्नै प¥यो । गीत मात्र दुखको कहाँ हो र, गाडीको खलासी व्यवहारले पनि हामीलाई दुखित बनायो । हामी ऊबाट मजाले ठगिएछौँ अर्थात् हामीलाई टिकापुरबाट कालीकोटसम्मको गाडी भाडा केही महङ्गो लिएछ । रिस नउठेको होइन, तर त्यो अपरिचित ठाउँमा हामीले रिस पोख्नु उचित नठानेर आफै भित्र रोक्यौँ । गन्तव्यमा पुग्न अझै समय बाँकी थियो, रात छिप्पिदै थियो । रातको १.३० बजे सुर्खेतको कुनै दुर्गम ठाउँमा गाडी रोकियो । त्यहाँ सुत्नको लागि एउटा सामान्य होटलमा कोठाको व्यवस्था थियो तर कोठा एकदमै खुल्ला, काठ र टिनको पाताले बनेको, मछ्छड नै मछ्छड र उडुस पनि । हामीलाई निद्रा नै लागेन । 

तेस्रो दिनः सुर्खाेत–कालिकोट

त्यहाँ दुई तीन घण्टाको समय पाउँदा पनि सुत्नै सकेनौ । ५ बजे गाडीले कालिकोटको लागि यात्रा गर्नु थियो । त्यो ठाउँमा पानी र चर्पीको व्यवस्था नाम मात्राको थियो । पानी थोरै मात्र प्रयोग गर्न पाउने, बास बसेको सबैको पालो पर्खदा पर्खदै समय जाने । निकै कष्ठ गरेर चर्पी जाने, मुख धुने र दात माभ्mने कार्य भयो । होटलको कोठा भाडा मात्र २५० रुपैया रे । होटलको पैसा तिरेपछि हामी गाडीमा चढ्यौँ । केही समयको यात्रा पछि  खाजा खान रोकियो,  हामीले दुध, चिउरा, चिया र चना खायौँ । 

गाडीमा पश्चिमेली गीत बज्दै थियो, हामी गाडीमा अलि अलि गफगाफ, वरिपरिको वातावरण नियाल्दै बस्यौँ । लामो यात्रा, अप्ठ्यारो बाटो, हिजोको अनिद्राले होला हामी गाडीमा नै निदाएछौँ । बेलुका करिब ७ बजे हामी कालिकोटमा पुग्यौँ । त्यो एउटा दुर्गम ठाउँ थियो । कोठामा ६–७ जना मिलेर बस्नु पर्ने थियो । त्यही पनि तन्ना, सिरक, ओछ्यान सबै कहिल्यै नधोइएको जस्तो फोहोर त्यहीमाथि मुसाको आवत जावतले अवाक् भयौं । कहिल्यै पनि त्यस्तो ठाउँमा नबसेको, नसुतेको भएर त्यो रातपनि कष्टकर भयो । होटलमा खाना खाएपछि सुतेको बसेको पैसा नलिने रहेछ । खानाको मात्र पैसा लिने, सुतेको कोठाको पैसा नलिए पनि त्यति पनि ठूलै हो जस्तो लाग्यो हामीलाई । खाना मिठो थिएन, कोठा त्यस्तै फोहर । अलिकति व्यवस्था गर्न सके होटल राम्रो हुने मात्र होइन, यात्रुले पनि केही सुविधा पाउने थिए जस्तो लाग्यो । तर हाम्रो मन भित्रको गुनासा,े होटल सञ्चालकले कसरी सुन्थे र ? रारा पुग्ने रमाइलो कल्पना गर्दै हामीले त्यस रात पनि बितायौं ।























चौथो दिनः कालिकोट– जुम्ला

चौथो दिनको गन्तव्य थियो रारा तर जुम्लासम्म बल्लतल्ल पुग्यौँ । कालिकोटबाट डरलाग्दो र कठिन बाटो सुरु भइसकेको थियो । गाडी चालकले अत्यन्तै बिस्तारै चलाउनु पर्ने र निकै सावधानी अपनाउनु पर्ने थियो । सुदुरपश्चिमको बाटो, त्यहाँका स्थानीय बासिन्दा, तिनीहरुको अनौठो बोलचाल र गीतहरु हामीलाई अनौठो लाग्यो । भाषा, भेष, स्वभाव, गीत मात्र होइन, त्यहाँको खाना पनि अनौठो लाग्यो । खाना खान के बसेका थियांै, थालमा राखिएको भात पुरै रातो थियो । सेतो चामल मात्र देखेका र खाएका हामीलाई रातो चामलको भात देख्दा अचम्म लाग्नु स्वभाविक थियो । भातमा रङ्ग पो हालिएको हो कि जस्तो पनि लाग्यो । मन नलागि नलागि त्यो खाना मुखमा के राखेका थियौं, त्यो त अत्यन्त स्वादिलो थियो । हामीले खाइ राख्ने भात भन्दा धेरै मिठो थियो । पछि थाहा भयो कि   त्यो त मार्सि चामलको भात रहेछ । सेतो चामल भन्दा महंगो पनि हँुदो रहेछ । 






















हाम्रो यात्रामा फेरी अर्को अवरोध आयो । एकवर्ष अघि गाडीको ठक्करले मृत्यु भएको एकजना स्थानीयको क्षतिपूर्ति अझै नपाएकाले  जुम्ला सिंजाका स्थानीयले सडक अवरोध गरेर आवात जावात रोकेका रहेछन् । प्रहरीको लामो प्रयासपछि साँझ ५ बजेतिर बल्ल अवरोध खुल्यो र हामी अगाडी बढ्यांै । रात पर्दै थियो, अप्ठेरो बाटोको यात्रा अनि त्यसैबेला ठूलो पानी प¥यो । हाम्रो यात्रा फेरी रोकियो । गाडी चालकले काठले बारेको सानो होटलमा खान र बस्नको लागि व्यवस्था गरे । अत्यन्त चिसो भएकोले शरिर जाडोले कापिरहेको थियो । बेलुका तातो खाना खाएर सुत्न गयौँ । 

पाचौँ दिनः जुम्ला–तल्चा–रारा

बिहान तातोपानी, चिया पिएर हामी ताल्चा भन्ने स्थानसम्म गाडीको यात्रामा हिँड्यौं । करिब १२.३० बजेतिर हामी ताल्चा पुग्यौं । त्यहाँ  एअरपोर्ट पनि थियो र अर्काेदिन नेपालगन्ज फर्कनको लागि हवाइ टिकट काट्यौं । नेपालगञ्जबाट ताल्चा एअरपोर्टसम्म आउन नौ हजार र ताल्चाबाट नेपालगञ्ज फर्कन ४५०० रुपैया लाग्ने रहेछ । संयोगवस हामीले टिकट पनि पायोै र हवाइ जहाजमा फर्कने निर्णय गरेका थियौँ । 






















ताल्चा बिमानस्थलको नजिकै होटलमा खाना अर्डर गरेर हामी त्यहाँको वातावरण नियाल्यौ, स्थानीय बासिन्दाहरुसँग कुराकानी ग¥यौँ । खाना अलि महङ्गो भएपनि घ्यू र मासको दालले स्वाद बढाएको भएर हामी नहिच्किचाइ पैसा ति¥यौं । 

अनि पदयात्रा सुरु भयो रारातिरको । त्यहाँको मानिस अनुसार रारा पुग्न दुइ घण्टा लाग्छ भन्दै थिए । हामी बिस्तारै हिड्ने र आनन्दले पुग्ने भनेर यात्रा सुरु ग¥यौँ । बाटो धेरै गाह्रो थिएन, रमाउँदै, गीत गाउँदै हामी हिँड्यौं । 
आकाश स्पष्ट थियो, सेतो बादलहरुले पनि आकाश राम्रो देखिएको थियो । बरीपरी रुखै रुख,  एकदमै राम्रो वातावरण ३०–४५ मिनेट हिँडेपछि रुखहरुबीच नीलो आकाश र नीलो रारा छुट्याउनै नसकिने गरि देखियो । केही अगाडि पुगेपछि मात्र रारा र आकाशलाई छुट्याउन सकियो । 






















रारा ताल मुगु र जुम्ला जिल्लाको हुटु भन्ने ठाउँमा पर्छ । रारा ताल ३०६२ मिटर लामो छ । यो नेपालको सबभन्दा ठूला र गहिरो ताल हो । रारा ताल रारा राष्ट्रिय निकुञ्जले (१०६ किलो वर्ग) घेरिएको छ । रारा तालको शान्त वातावरण अभैm हिमालहरुको छाया तालको निलो पानीमा परेपछि सुन्दरता बढ्छ । हिजो आज रारा ताल भ्रमणमा विदेशी पर्यटकहरु भन्दा नेपाली पयैटकहरुको मात्रा धेरै बढेको रहेछ । 

चिसो बतास चलिराखेको थियो र म त्यही ठिङ्ग उभिराखू र ताजा हावा लिइराखू भएको थियो । त्यो नै ठाउँ हो जहाँ मैले आभास गरेँ कि म प्रकृतिको न्यानो साथमा सधैँ लुटपुटिएर बस्न सक्छु । पदयात्राको खुसी मेरो लागि स्पष्ट भएको थियो । मैले प्रकृतिको हरेक उपहार लिइराखेको थिएँ । मेरो दिमागलाई, मेरो मनलाई बाधा पु¥याउने, मेरो ध्यानलाई भङ्ग गर्ने केही थिएन । म भगवानको बरदान प्रति अत्यन्त आभारी छु जसले सुन्दरताले भरिएको प्रकृति निर्माण गरिदिनु भयो । करिब दुई घण्टा हामी रारा तालको किनारै किनार हिड्यौँ । 


























राराको थरीथरीको रङ्गले मेरो मन नै चो¥यो । नीलो रारा कतिबेला हरियो, फिक्का नीलो, गाढा नीलो, रङ्ग नै नभएको आदि देखिएको थियो । रारा ताल मेरो सपनाको ठाउँ हो जहाँ म एक समय जसरी पनि पुग्छु भन्ने अठोट गरेकी थिएँ । स्वर्ग कस्तो हुन्छ भन्ने त थाहा छैन या भनौ स्वर्ग छ कि छैन भन्ने पनि थाहा छैन तर आफ्नो सपनाको ठाउँमा पुग्दा मलाई लाग्यो म स्वर्गमा नै छु ।


























अगाडि बढ्दै जाँदा रातो, गुलाबी, सेतो, फिक्का गुलाबी गुराँसले स्वागत गरेका थिए । बाटोभरि गुराँस नै गुराँसको रुख थियो । गुराँसको फाइदा धेरै छ मानव स्वास्थ्यमा । यसले क्यान्सर, छालाको रोग, मुटु र फोक्सोको रोग, आदि रोगहरुको उपचार गर्न मद्दत गर्छ । 



























रारा तालको किनारै किनारमा हिँड्दै, रमाउँदै हामी होटल पुग्यौँ । रारा तालतिर जम्मा दुईबटा होटलको व्यवस्था रहेछ । केही पर्यटकहरुले बास बस्नको लागि आफै टेन्ट लिएर आउने रहेछन् । पाहुना धेरै भएमा होटलले आफै टेन्टको व्यवस्था पनि गर्दिने रहेछन् । हामी राराको होटल पुग्दा होटलहरु भरिभराउ थियो, चिसोले गर्दा हामी  टेन्टमा नबस्ने भन्यौं अनि होटलको दाइले एउटा सानो कोठाको व्यवस्था गरिदिनुभयो । कोठामा पुग्यौं अनि फ्रेस भएर केही समय फेरि रारा घुम्ने, फोटो खिच्ने निर्णय ग¥यौं । हामीलाई स्वर्गीय रारा तालले अचम्मै पार्दै थियो । केही समय त्यहीँ बिताएर हामी होटलतर्पm लाग्यौं । कोठाको झ्यालबाट पनि अति नै सुन्दर राराको दृष्य देखिने रहेछ । म त्यही दृष्य हेरेर मग्न हँुदै बसे । होटलका खानेकुराहरु महङ्गो भएपनि मीठो थियो । बेलुका ९ बजे तिर खाना खाएर हामी सुत्यौं । 


छैठौं दिनः रारा– ताल्चा– नेपालगञ्ज– महेन्द्रनगर

त्यो दिन हामी राराबाट फर्किएर महेन्द्रनगर पुग्ने योजना थियो । हाम्रो हवाइ टिकट १० बजेको थियो । त्यसैले हामी बिहानै उठेर, फ्रेस भयौं र फेरि पैदल यात्रामा लाग्यौं । बिहानको दृष्य पनि केही कम थिएन । चिसो तालबाट घामको न्यानोले गर्दा बाफ उडिरहेको थियो, हाँसहरु तालमा तैरिराखेका थिए, घामले हामीलाई पनि न्यानो आभास गराइराखेको थियो । फर्किने क्रममा एक दुइजना यात्रुहरु पनि थिए । बिहानको समयमा हिँड्दा एकदम ताजा महसुस हुने र मन मस्तिष्क सफा भएको जस्तो लाग्ने रहेछ ।


























हामी हिड्दै जाँदा एउटा कुकुर हाम्रो पछि पछि आइरहेको थियो, हामीले त्यो कुकुरलाई जति लखेट्दा पनि पछि लाग्न छोडेन । सायद यो प्राणीले हामी बाटो बिराउँछौं भनेर होला बाटो देखाउन पछि लागेको । हिड्दै जाँदा त्यो कुकुरको माया लागेर आयो । बिस्तारै हिँड्दै, झरेका लालीगुराँसको बाटोभरि स्वागतीय माया अंगाल्दै, स्वर्गीय राराको माया समेट्दै करिब बिहान ८ बजे ताल्चा एअरपोर्ट पुग्यौं । न्यानो घाममा बसि चिया पिएँ । त्यहाँ गुराँसको जुस पनि बेच्न राखेको थियो, गुराँसको धेरै फाइदा हुने कारणले गर्दा मैले एक लिटर गुराँसको जुस किने । हवाइ टिकट १० बजेको थियो त्यसैले हामीले हिजो खाएकै ठाउँमा खानाको अर्डर दियौं । धुलो, फोहोर नहुने ठाउँमा बस्दा पनि कति आनन्द आउँछ । आफू नै स्वच्छ भएको अनुभूति हुन्छ । 


























राराको न्यानो माया समेटि हामी तारा एअरमा चढेर नेपालगन्ज पुग्यौं । राराको चिसोमा रमाइराखेका हामी नेपालगन्ज पुग्दा त्यहाँको गर्मी थाम्न निकै गाह्रो भयो । नेपालगन्ज एअरपोर्ट पुगे लगतै हामी महेन्द्रनगरको लागि गाडी चढ्ने ठाउँतिर गयौं र हाम्रो यात्रालाई टुङ्ग्यायौं ।                                                                                


Popular posts from this blog

Life Cycle Hypothesis

This theory was developed by Franca Modigliani, Nobel Laureate of 1985, Richard Brumberg and Albert Ando in 1950s and 1960s. It is called MBA hypothesis. According to this theory, consumption is a function of the lifetime expected income of the person. The consumption depends on the resources available to the person, the rate of return to the capital, the spending plan and the age at which the plan is made. It depends on:  i. Resources  ii. Spending plan  iii. Rate of return on capital  iv. The age at which the plan is made  According to Modigliani the point of departure of the life cycle model is the hypothesis that consumption and saving decision of household at each point of time reflects more or less conscious attempt to achieve the preferred distribution of consumption over the life cycle. Subject to the constraint imposed by the resources occurring to the household over...

Brief review of UN, UNIDO, OECD and world bank project evaluation techniques

The UNO was formally established aiming at achieving to establish corporation and peace and to develop international cooperation between various nations of the world effectively in Oct. 24, 1945. The UNO was established as a powerful international organization for the development of different nations after the world war 1st and 2nd. This organization is doing its important works by spreading its helping hands even today in the field like education, health, social activities, culture, and science, etc. It has some agency:  World Bank  UNIDO (United Nations Industrial Development Organization)  OECD (Organization for Economic Co-operation and Development)  World Bank is a project evaluation technique of the world bank. It was established in Dec 27, 1945, Prime financial of organization of UNO. It was established to eliminate poverty and economic problems. The world bank applies the following techniques while monitoring and evaluating its loans prov...

Project team building

A team needs everybody’s help but a group seeks its benefit only. Team is a group of people united for common objectives. They come together for group objectives. Individual effort is added to achieve the goal. They can produce synergy effect. It means (2+3= 5) i.e. total effort (5) is greater than arithmetic sum (2+2=4) of individual effort. Each project involves more than one person. They work together to achieve project objectives. Team building is an ongoing process in projects. Team has following features which explains its importance. It is a group of two or more than two person working for collective performance. Each team sets specific team objectives. It produces the positive synergy. Team member are interactive and independent on each other. There is individual and mutual accountability. Teams facilitates workforce diversity, increase performance, promote creativity. Teams are result oriented, focus, common goal. Types of project team: Problem solving, self mana...