Skip to main content

    मुस्कुराइरहने बन्दीपुर

                                                                        

 निशा जोशी


नेपालको अत्यन्त सुन्दर गाउँ मानिएको बन्दीपुर घुम्न जाने इच्छा हँुदाहँुदै पनि जान पाइएको थिएन । सौभाग्यवश साथीहरुको योजनाले गर्दा म पनि बन्दीपुर घुम्ने सूचीमा सामिल हुन पाएँ । तिहार मनाएर मेरो साथीहरु केही दिन कुश्मा घुम्ने र फर्कने बेला बन्दीपुर घुम्दै काठमाण्डौ फर्कने भनेर योजना बनाएका थिए । साथीहरुलाई कुश्मामा अवस्थित रमणीय, सांस्कृतिक र ऐतिहासिक स्थलहरुको भ्रमण गराएँ । चार दिन कुश्माको स्थलगत भ्रमण गराएपछि बन्दीपुर जाने दिन आयो ।


आफ्नो इच्छा पुरा गर्न गइरहेकोमा आफूलाई एकदम भाग्यशाली मान्दै थिएँ । बिहान सबेरै उठेर हामी कुश्मा हुँदै डुम्रेसम्म बसको यात्रा सुरु ग¥यौं । करिब दुइ घण्टाको यात्रा पछि हामी डुम्रे बजारमा पुग्यौं । डुम्रेबाट बन्दीपुर ८ किलोमिटरको दुरीमा रहेछ । बन्दीपुरजाने लोकल गाडीहरु आधी घण्टाको अन्तरालमा आउने व्यवस्था रहेछ तर भाडामा ट्याक्सी रिजर्भ गरेर पनि जान सकिने सुविधा उपलब्ध रहेछ । हामी भने लोकल गाडीलाई नै कुर्ने निर्णय ग¥यौं । लोकल गाडी कुर्दै गर्दा हामीले त्यही अवस्थित एउटा सानो खाजा घरमा बसेर खाजा खायौं । गाडी आएपछि हाम्रो बन्दीपुरको यात्रा सुरु भयो । उकालो बाटो कुदाउन पर्ने भएकाले ८ कि.मि. कुद्न करिब ४० मिनेट लाग्यो ।


बन्दीपुर तनहँुको पुरानो सदरमुकाम हो तर वि.सं. २०२५ सालमा तनहँुको सदरमुकाम दमौली सारिएको थियो । बन्दीपुर सदरमुकाम हँुदासम्म यहाँ धेरै चहलपहल हुने गर्दथ्यो । पर्यटकहरुको आवतजावत पनि धेरै हुने गर्दथ्यो । तर वि.सं. २०३० सालमा बनेको पृथ्वी राजमार्गले बन्दिपुरलाई नछोइ गएपछि बन्दिपुर बजार ओझेलमा पर्न गयो । तर अहिले बन्दिपुरले आफ्नो रुप फेरेको छ । अहिले पर्यटकहरुले बन्दिपुरलाई आफ्नो गन्तव्य स्थल बनाएका छन् । यहाँ अन्तरिक र बाह्य पर्यटकहरुको आवतजावत बढेपछि बन्दिपुरले आफ्नो संस्कृति र ऐतिहासिक छविलाई अझै कायम राख्न सफल भएको छ ।

सम्म ठाउँमा दुवैतिर अत्यन्तै कलात्मक ढङ्गका घरहरु उभिएको सानो गाउँ बन्दिपुर पहिलो पटक देख्दा हर कोहीलाई पनि नलोभ्याउला भन्न गाह्रो नै पर्ला । आफ्नो ठाउँ, संस्कृति, पहिचान, पर्व, ऐतिहासिक छवि, भेषभूषालाई बन्दिपुरका बासिन्दाले निकै राम्रो किसिमले जोगाइ राखेका छन् । सायद यही नै सबभन्दा महत्वपूर्ण कुरा होला बन्दिपुरको मोह जगाउन हर कोहीलाई ।

नेपालको अत्यन्तै सुन्दर र आकर्षक ठाउँ भनेर चिनिन्छ बन्दीपुर गाउँपालिकालाई । बन्दीपुरलाई नेवारी संस्कृतिको जिवित संग्रहालयको रुपमा लिइन्छ जुन यहाँका सर्वसाधारणहरुले निकै सुन्दर ढङ्गले झल्काएका छन् । इतिहासलाई सम्झँदा यो मगर गाउँ हो र पछि भक्तपुरका नेवारहरुले भारत र तिब्बतबीचको व्यपारको एउटा महत्वपूर्ण नाकाको रुपमा विकसित गरेको बुझिन्छ । भक्तपुरका नेवारहरु बन्दीपुरमा भित्रिएपछि यहाँ नेवारी संस्कृति, परम्परा, रितिरिवाज र भेषभूषा पनि भित्रिएको बुझिन्छ ।



पर्यटकहरुको आवतजावतका कारणले गर्दा होला यहाँ हरेक प्रकारको खानपिन र बसोबासको व्यवस्था रहेछ । यहाँ होमस्टे, होटल, रेस्टुरेन्ट र लजहरुको राम्रो सुविधा रहेछ । हामी होटलभन्दा होमस्टेमा बस्ने सोच बनाएकाले होमस्टे खोज्न तर्फ लाग्यौं । कायास्था होमस्टे हाम्रो नजरमा प¥यो र हामी त्यहीं बस्ने निर्णय गरेर त्यहाँ कोठाको व्यवस्था गर्न आग्रह ग¥यौं र कोठा भइसकेपछि त्यहीं एकछिन आराम ग¥यौं र फ्रेस भएर बन्दीपुरको रमणीय स्थलहरु घुम्न निस्कियौं ।

स्थानीय बासिन्दाको अुसार यहाँको आकर्षणहरु थानीमाइ मन्दिर भ्यू पोइन्ट, टँुडिखेल, खड्ग देवी मन्दिर, पद्म पुस्तकालय, सिद्ध गुफा र सिल्कवोर्म फार्म हुन् । स्थानीय बासिन्दाको सुझाब अनुरुप हामी पहिले थानीमाइ मन्दिर भ्यू पोइन्ट जाने अनि टँुडिखेल सूर्यास्त हेर्न पुग्ने भयौं । 

हाम्रो पहिलो गन्तव्य थानीमाइ मन्दिर भ्यू पोइन्ट पुग्न ठाडो पहाड चढ्नु पर्ने रहेछ । दिउँसोको समय घाम मजाले लागिरहेको थियो त्यही पनि जाडो महिना भर्खरै भित्रिदै गरेकाले गर्दा हामीलाई हिँड्न मुस्किल भएन । बाटो केही उकालो थियो, हिँड्न सजिलो होला भनेर थानीमाइ जाने बाटो भ¥याङ्गको बाटो थियो । करिब ३० मिनेट पैदल यात्रा गरेर हामी बन्दीपुरको थानीमाइ मन्दिर पुग्यौं । थानीमाइ मन्दिरले आफ्नो छुट्टै इतिहास बोकेको छ । यहाँको पुजारी अनुसार देवी भगवान बसन्तपुरबाट यो ठाउँमा आउनुभएको र देवीलाई राख्न थान बनाएकाले थानीमाइ मन्दिर भनिएको हो । मगंलबार र शनिबार यहाँ विशेष पूजा गरिने गर्छ । यस मन्दिरमा कत्र्तिक र मंसिर महिनामा मेला लाग्ने गर्छ ।



थानीमाइ मन्दिर, मन्दिर मात्र नभएर यो भ्यू पोइन्ट पनि हो । यहाँबाट बन्दीपुर डुम्रे र वरिपरिका ठाउँहरु नियाल्न सकिन्छ साथसाथै यहाँबाट सुन्दर हिमश्रृङ्खला पनि देखिन्छ । यहाँ धेरै मानिसहरु सूर्याेदय र सूर्यास्त हेर्न आउने गर्छन् । तर हामी दिउँसोको समयमा गएकाले हामीले सूर्याेदय वा सूर्यास्त चाँहि अवलोकन गर्न पाएनौं तर पनि त्यहाँबाट देखिने दृष्य केही कम थिएन । शीतल हावा अनि रुखहरुको छहारीले निम्त्याएको आनन्दले गर्दा हामी केही समय त्यही बस्न बाध्य भयौं ।


समय कम र ठाउँ सक्दो घुम्ने मनसायले गर्दा हामी अर्काे गन्तव्य तर्फ लाग्यौं । हाम्रो अर्काे गन्तव्य थियो बन्दीपुरको टँुडिखेल । काठमाण्डौको टँुडिखेल भन्दा धेरै आकर्षक बन्दीपुरको टँुडिखेल ठूलो चौर हो जहाँबाट हिमाल, पहाड र डुम्रे बजार देख्न सक्छौं । टाढा टाढासम्म फैलिएका पहाडका श्रृङ्खलाहरु, निर्मल सफा आकाश, अस्ताउँदै गरेको सुनझैँ देखिएको सूर्य, डाँडाकाँडा, टाकुरा, फाँट, हिमाल, आदि अवलोकन गर्न पाउँदा म निकै खुसी थिएँ । टँुडिखेल वरिपरि छरिएको मनमोहक प्राकृतिक सौन्दर्यलाई मनभरि अँगाल्दै र क्यामेरामा कैद गर्दै केही समय त्यहीँ बितायौं । हामीले टँुडिखेलबाट केही पर पुगेर सूर्यास्त हेर्ने सोच बनाएकाले करिब १५ मिनेट हिँड्यौं । त्यहाँबाट अत्यन्तै शानदार सूर्यास्त देखिएको थियो । जब त्यो सूर्यास्तले हिमाललाई पछ्यायो अनि हिरा झैँ टल्किएको हिमाल जब सुन झैँ टल्कियो, त्यो दृष्य अदभूत देखिएको थियो । पहाड नै पहाडबीच पनि सूर्यास्तले परिवर्तन गरेको दृष्य मनमोहक थियो । हामी केही समय त्यही बिताएर बजार निस्कियौं ।


बेलुकाको समय भएकाले हरेक घर उज्यालो भएका थिए । घरको उज्यालोले आफूलाई स्वागत गरिरहेको भान भयो । बन्दीपुर बजार बेलुकाको उज्यालोमा झनै सुन्दर र चिटिक्क परेको थियो । यो काठमाण्डौको ठमेल र दरबारमार्ग भन्दा कम लागेन । कति रमाइलो बन्दीपुर बजार, आँहा ! मननै यही पग्लियो मेरो ।

हामीले होमस्टेमा खाना खाने सोच बनाएका त थियौं तर पनि त्यहाँको रमाइलोले गर्दा त्यही नै बस्न मन लाग्यो र हामीले त्यही बजारको एउटा रेष्टुरेन्टमा गएर खाजा खायौं र शरीर तताउन मीठो कफी पनि पियौं । खाजा खाइवरि हामी साथीहरु यात्राको कुरा गर्दै होम स्टेमा पुग्यौं । अर्काे दिन पुग्नु थियो हाम्रो अर्काे गन्तव्य– सिद्ध गुफा र फर्कनु थियो काठमाण्डौ । सोही अनुरुप आफूलाई तयार गर्दै अर्काे दिन सबेरै उठी सिद्ध गुफा जाने निर्णय सहित निद्रा देवीको काखमा बास बिसायौं ।





बिहान ७ बजे उठेर हामी तयार भएर सिद्ध गुफा जान हिँड्यौं । सिद्ध गुफा ( सिद्धेश्वर) विमल नगर, तनहँु जिल्लामा पर्दछ । वि.स. २०४४ सालमा पत्ता लागेको यो गुफा ४३७ मिटर लम्बाइको छ भने ४ फिट देखि ५० फिटसम्म रहेका स्थानहरु छन् । यो गुफा नेपालको सबैभन्दा ठूलो र  एसियाको दोस्रो ठूलो गुफा हो । सिद्ध गुफा जानको लागि केही उकालो ओरालो बाटो काट्दै हिँड्नु पर्ने थियो । बिहान सबेरै हिँडेकाले गर्दा हुस्सुले पहाड, डाँडाकाँडा अत्यन्तै सुन्दर देखिएको थियो । बादलमाथि हिँडिरहेको जस्तो अनुभूति भएको थियो । लाग्दै थियो म कुनै चरा हो  म स्वच्छन्द भइ उडिरहेकी छु । हल्का चिसो, जङ्गलका रुख, बिरुवामा परेका शीत र हुस्सुले गर्दा आफू कुनै अर्कै दुनियामा पो आएँ कि भन्ने भान भइरहेको थियो । करिब २ घण्टाको उकालो ओरालो पछि पुग्यौं सिद्ध गुफा । बिहानै पुगेकोले गर्दा त्यहाँको गेट खुलिसकेको थिएन त्यसैले हामीले जुक्ति लगायौं र  भित्र जान सफल भयौं । यो गुफा मैले देखेको गुफाहरु मध्येको सबैभन्दा ठूलो गुफा हो । कोही पनि नभएको कारण हामीलाई लाइट सुविधा भएन तर हामीले मोबाइलको लाइट प्रयोग गरि केही भित्र सम्म पुग्यौं । गुफाभित्रको अँध्यारो वातावरण, चमेराको आवाज अनि अलि हिलो भँुइले हाम्रो सिद्ध गुफा भ्रमण रोमाञ्चक बनाइरहेको थियो । हामी फर्किने बेला गाइड आउनु भएकाले हामी निस्किएपछि उहाँसँग वार्तालाप ग¥यौं । उहाँको अनुसार यो गुफामा सिद्ध बाबाले ज्योति हाँसिल गर्नु भएको रहेछ ।  सिद्ध गुफाको प्रवेश शुल्क नेपालीलाई रु. २० र विदेशीलाई रु. २०० रहेछ । यहाँको गाइडले समूह बनाएर आफैले गुफा घुमाउनु हुने रहेछ । केही समयको वार्तालाप पछि हामी फर्कियौं ।



फेरि उकालो ओरालो गर्दै गफमा भुल्दै हामी साथीहरु १० बजे होमस्टे पुग्यौं । सामानहरु प्याक गरेर होमस्टेबाट बिदा भइ बन्दीपुरको माया मनभरि समेट्दै एउटा रेष्टुरेन्टमा खाना खान तर्फ लाग्यौं । करिब मध्यान्न १२ बजे काठमाण्डौको यात्रा सुरु भयो ।


मेरो बन्दीपुर बसाइ छोटो र अपुग भएतापनि यस ठाउँको प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा, स्वच्छ हावापानी, यहाँबाट देखिने हिमश्रृङ्खला पहाड, यहाँको आकर्षण र यो ठाउँको मायाले मेरो मनमा एक अविष्मरणीय छाप छोडेको छ जुन म जिन्दगीभर आफ्नो मनबाट बिलिन हुन दिने छैन । बन्दीपुरले छाएको मेरो यो ओठको मुस्कान जसरी, नै छाइराखोस् बन्दीपुरको मुस्कान पनि ।  

-- निशा जोशी

Popular posts from this blog

Difference between Bilateral project and Multilateral projects

Bilateral project: If any project is run by a mutual agreement between two friendly nations than it is a bilateral project. Both countries have an agreement to produce goods and services by using certain resources. In general, the project is run by accepting foreign aids and grants. Aids or grants are provided to poor countries through these organizations. Such organizations are: JICA (Japan), USAID (USA), UFIO (UK), SDC (SWISS), GIZ (Germany), DANIDA (Danish), BICC ( Birendra International Convention Centre) of Kathmandu, etc. are examples.  Features of Bilateral projects:   This project is based on foreign aids and grants.  This is a mutual agreement between donor country and receiver country.  This project is generally service-oriented.  This projects generally depends upon a large scale projects.  This project helps in the infrastructural development of the country.  Advantages:  Grants  Economic development...

Brief review of UN, UNIDO, OECD and world bank project evaluation techniques

The UNO was formally established aiming at achieving to establish corporation and peace and to develop international cooperation between various nations of the world effectively in Oct. 24, 1945. The UNO was established as a powerful international organization for the development of different nations after the world war 1st and 2nd. This organization is doing its important works by spreading its helping hands even today in the field like education, health, social activities, culture, and science, etc. It has some agency:  World Bank  UNIDO (United Nations Industrial Development Organization)  OECD (Organization for Economic Co-operation and Development)  World Bank is a project evaluation technique of the world bank. It was established in Dec 27, 1945, Prime financial of organization of UNO. It was established to eliminate poverty and economic problems. The world bank applies the following techniques while monitoring and evaluating its loans prov...

Life Cycle Hypothesis

This theory was developed by Franca Modigliani, Nobel Laureate of 1985, Richard Brumberg and Albert Ando in 1950s and 1960s. It is called MBA hypothesis. According to this theory, consumption is a function of the lifetime expected income of the person. The consumption depends on the resources available to the person, the rate of return to the capital, the spending plan and the age at which the plan is made. It depends on:  i. Resources  ii. Spending plan  iii. Rate of return on capital  iv. The age at which the plan is made  According to Modigliani the point of departure of the life cycle model is the hypothesis that consumption and saving decision of household at each point of time reflects more or less conscious attempt to achieve the preferred distribution of consumption over the life cycle. Subject to the constraint imposed by the resources occurring to the household over...