Skip to main content

पुनहिल र घान्द्रुकको यात्रा संस्मरण

नेपाल प्राकृतिक सम्पदाको धनी देश हो । सानो मुलुक भएतापनि हिमालदेखि तराइसम्म पाइने विविधतापूर्ण हावापानीका कारण यहाँ विविधतापूर्ण प्राकृतिक वनस्पति, फूल, लहरा, जनावर, चराचुरुङ्गी साथै झरना, खोला, नदीनाला, पहाड, हिमाल आदि पाइन्छन् । यहाँको चालचलन, भेषभूषा, रितिरिवाज, परम्परा, धर्म, संस्कृति, जातजातिमा पनि विविधता छ । 

नेपाल प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको कारणले गर्दा पनि होला म नेपालप्रति धेरै झुकेकी छु ।  त्यसै कारणले गर्दा म फुर्सद मिलेसम्म नेपालका ठाउँहरु अन्वेषण गर्ने गर्छु । मलाई नेपालको हरेक ठाउँ घुम्ने इच्छा छ । 

घुम्न अति नै रुची भएको कारण मैले मेरो साथीहरुलाई म्याग्दी जिल्लामा पर्ने पुनहिल जाने प्रस्ताव एक महिना अगाडि नै राखेको थिएँ । सबैको घरमा बुबा आमाको अनुमति लिनका लागि समय लाग्ने भएको कारण पहिलेदेखि नै हामीले तयारी गर्दै थियौँ । ब्याच्लरस् सकिएपछिको समय जब म लगायत मेरो साथीहरु इनटर्नको लागि व्यस्त थियौँ, त्यति बेलाको समयमा हामी साथीहरु पुनहिल घुम्न जाने योजना बनायौँ । 
हाम्रो निर्धारित योजना अनुसार तिहार सकिए लगतै हामी ४ जना साथीहरु (म, पुष्पा, मनिका र जेनिषा) भएर पुनहिलको यात्रा गर्ने भयौँ । यात्रा यसरी सुरु भयो । 

पहिलो दिन ः कुश्मा—बेनी—चित्रे
यात्राको पहिलो दिन भएको कारण हामी निकै उत्साहित थियौँ । यात्राले हामीलाई चरम आनन्द प्रदान गर्ने वाला थियो । त्यसैले हामी बिहान ८ः०० बजे खुसी हँुदै कुश्माको मोटरबाटो हुदैँ  बेनी गयौँ । बेनी पुग्दा करिब ९ः४५ भएको थियो । हामी बेनीमा हुनु भएको मेरो ठूलो दिदी भिनाजुको घरमा गयौँ । त्यहाँ भिनाजुले हामीलाई यात्राको निर्देशन गर्नुभयो । मेरो दिदीले मीठो खाना बनाउने भएकाले हामीले कुश्मा घरमा खाना नखाइ आएका थियौँ । दिदीले बनाएको मीठो खाना खाएर हामी एकछिन दिदी, भिनाजु र बाबुसँग हाँसो रमाइलो ग¥यौँ । 

बेनीबाट चित्रेको गाडी मध्यन्न्ह १२ बजेपछि मात्र लाग्ने भएकोले हामी अलि समय पाएका थियौँ बेनी बस्न । बेनीबाट १२ः१५ बजे चित्रे सम्मको बस यात्रा सुरु भयो । चित्रे जान कच्ची मोटरबाटोको सुविधा रहेछ । गाडीबाट देखिने ठूलाठूला पहाड र  सानोसानो टिनले छाएको घर घामले टल्किएको देखिन्थ्यो ।  कालीगण्डकी नदीको किनारै किनार पोखरेबगर भन्ने ठाउँमा पुगेर पहाडी भुगोलमा भर्खरै खनिएको मोटरबाटो, भिरालो र घुम्तीहरु एवम्  सानो बसमा यात्रुहरुको अटसमटसले गर्दा चित्रे पुग्न पुरा ६ घण्टा लाग्यो । त्यस दिन हाम्रो गन्तव्य घोरेपानी पुग्ने थियो  तर घोरेपानी पुग्न अझै १ घण्टा हिँड्नु पर्ने भयो । साँझको बेला, जंगलको बाटो, हामी नयाँ यात्रु, त्यसैले हामी त्यस दिनको यात्रा चित्रेमा बिसाउने  निर्णय ग¥यौँ । चित्रे पुग्दा साढे ६ बजिसकेकोे थियो । 
चित्रे बास बस्नको लागि हामी होटल खोज्यौँ । एउटा काठले बनिएको होटल रहेछ त्यहाँ । चिसो भूगोलमा काठको घरमा बस्दा तुलनात्मक हिसाबमा सिमेन्टले बनेको घरभन्दा न्यानो दिन्छ । त्यही कारणले गर्दा पनि होला चिसो ठाउँहरुमा प्राय काठको घरहरु देख्न पाइन्छ । होटल भित्र छिरेर हामीले त्यहाँको साउजीलाई एउटा कोठाको व्यवस्था गर्न लगायौँ । हामी ४ जना कोठाको व्यवस्था भइसकेपछि कोठामा गयौँ । कात्तिक महिनामा जाडो लगभग सुरु हुने गर्छ र त्यो समय घुम्ने मान्छेको लागि अत्यन्त उपयुक्त समय हो । 

अलि उचाइमा पुगिसकेकाले गर्दा जाडो अलि बढी भएको थियो । जाडो भएकाले त्यहाँ काम गर्ने मान्छेले हामी लगायत त्यहाँ भएका पर्यटकको लागि आगो ताप्ने व्यवस्था मिलाइदिनुभयो । त्यही क्रममा हामीहरु त्यहाँको एक जोडी विदेशी पर्यटकसँग घुलमिल हुने अवसर पायौँ । ती जोडीको उमेर करिब ७० नाघिसकेको थियो । नेपाल घुुम्नको लागि भनेर तिनीहरुले पहिले देखि नै समय छुट्याएर राखेका रहेछन् । हङ्गकङ्गबाट आएका ती नेपालका पाहुनामा देखिने उर्जा, स्फूर्ति, जाँगरले हामीलाई अत्यन्तै खुसी तुल्यायो । ७०–७५ वर्षका बुढाबुढी हाम्रो नेपालमा घुम्न वा अझै भनौ भने नेपालको सौन्दर्यप्रति आकर्षित भएको देख्दा हामी नेपालीभन्दा अरु को खुसी होला र । 
कुराकानी लम्बाउनको लागि हामीले तिनीहरुको ठाउँको बारेमा, त्यहाँको परिभेष, त्यहाँको चालचलन, तिनीहरुको व्यक्तिगत बारेमा, कसरी दुईजना भेट भएको, कसरी छुट्टा छुट्टै क्षेत्रको मानिसहरु भएर पनि भेट भएको, कसरी बिहे भएको, कसरी खुसी जीवन निरन्तर चलाएको, आदि इत्यादि सोध्यौँ । महिना लगाएर ठाउँठाउँमा बास बस्दै, प्रकृतिलाई नियाल्दै, हिमाल पहाड अँगाल्दै शान्तपूर्ण यात्रामा निस्किएका ती पर्यटकले हामीलाई आकर्षित तुल्याए । मौसम जाडो भएकाले गर्दा हामीलाई आगोले न्यानो महसुस गराइ राखेको थियो अनि ती एकजोडी पर्यटकको कुराले मोहित पनि । 

कहिले काँही लाग्छ म पनि घुमेर बसिरहँु र मेरो पेसा नै घुम्ने होस् अनि म नेपालका हरेक ठाउँहरु घुम्न पाउँ । मेरो पेसा, मेरो कमाई नै नेपाल घुम्ने, नेपालको सौन्दर्य अँगाल्ने भए कस्तो हँुदो हो । सायद मैले जस्तो अदभूूत खुसी र स्वर्गीय आनन्द कसैले पनि प्राप्त गर्न सक्ने थिएन होला । 
गाडीको यात्रा र चिसो मौसमले गर्दा हामीलाई खानाको याद आइसकेको थियो । त्यही भएर हामी आगो ताप्दै खाना खान तर्पm लाग्यौँ । अर्काे दिन छिटो उठ्नु पर्ने थियो जसको कारण हामी खाना खाएपछि त्यो जोडी पर्यटकसँग बिदा मागेर कोठामा लाग्यौँ । अनि अर्को दिनको बिहानै पुग्नुपर्ने हाम्रो बकेट लिष्टको एउटा गन्तब्य पुनहिल पुग्ने मीठो कल्पनामा निदायौँ ।

दोस्रो दिन ः चित्रे—घोरेपानी—पुनहिल—घान्दु्रक 
दोस्रो दिनको सुरुवात हाम्रो अलि अँध्यारोमा नै सुरु भयो । सुर्याेदय हेर्नको लागि हामी ६ बजे पुन हिल पुग्नु पर्ने थियो त्यसैले हामी बिहानको ३ बजे उठेर आफ्नो बिहानीको कृयाकलाप सकेर ४ बजे पदयात्रामा लम्कियौँ । सुनसान बाटो, अँध्यारो  बिहानी, झ्याउँकिरीको आवाज, परपरबाट सुनिएको खोलाको छङ्गछङ्ग आवाज, अलिअलि डर थियो नै तर मोबाइलको प्रकाशले बाटो पछ्याउँदै, गफ गर्दै, उत्साहित हँुदै गन्तव्यमा पुग्न आतुर थियौँ । उकालो बाटो भए पनि हामीले हतार हतार पाइला अगाडी बढायौँ, किनभने त्यस बिहानीको सुर्योदय हुनुभन्दा अगाडी नै हामी पुनहिलको शिखरलाई चुम्नु थियो अनि सुर्योदयको मज्जा लिनु थियो ।
बिहान पख, झिसमिसे अँध्यारो भएको कारण बाटो बिराइयोकी भन्ने डर लागेको थियो तर अघि बढिरह्ेयौँ ।  झण्डै १ घण्टा निरन्तर हिडेपछि हामी सुन्दर गाउँ घोरेपानी पुग्याँे । अब भने हामी ढुक्क भयौँ, किनभने हाम्रो गन्तव्य सही रहेछ । अब पुनहिल पुग्न  लगभग ४०—४५ मिनेट हिँड्नु पर्ने थियो । समय खेर नफाली घोरेपानीबाट पुनहिल तर्पm उकालो लाग्यौँ । 

हामी पुनहिलको चुचुरोमा पाइला टेक्दा बिहानको ६ः१० बजेको थियो । झर्खर सूर्य उदाउँदै गरेको सुन्दर दृष्य खुल्ला आँखाले हेर्दै क्यामेरामा पनि कैद गर्न तर्फ लाग्याँै । खुला र सफा निलो आकाशमुनि रहेका सेता लस्करै देखिने हिमालहरुलाई सुर्यको किरणले चुमिरहँदा सुनजस्तै टल्किरहेका थिए । पुनहिलको विशेषता नै सुर्याेदय र हिमालहरुको अवलोकन हो । हिराझैँ टल्किएको हिमालमा सबेरै सुनझैँ उदाएको सुर्यसँगको जम्का भेटले हिमालको रङ्ग नै परिवर्तन भएर सुन्तला रङ्गमा परिणत भएको थियो र बिस्तारै आकाशलाई पनि रङ्गाउँदै थियो । 
पुनहिलमा त्यो अद्भुत दृष्यको वर्णन गर्ने कुनै शब्द थिएन । हामीलाई स्वर्गका टुक्रामा आइरहेका छाँै कि भन्ने आभाष भयो । हामी लगायत सयौँका संख्यामा रहेका विदेशी तथा स्वदेशी पर्यटकहरुको मन पुनहिलबाट देखिने लोभलाग्दो दृष्यहरुले सजिलै जितेको थियो । हामी सबै जना दङ्ग थियौँ ।
पुनहिल यात्रा हाम्रो लागि एकदमै अविष्मरणीय भयो । त्यहाँको मनमोहक दृष्यले जोसुकैलाई मोहनी लगाउँथ्यो, हिमालहरुले हात नै छुन सकिन्छ कि जस्तो नजिकै थिए , आकाश छुन सकिन्छ कि जस्तो सुन्दर र सानो टावर पनि रहेछ । हामीले टावर चढ्यौ, सुन्दर दृष्यहरुलाई नजिकबाट हेरिरह्याँै । 

चिसो मौसम अनि चिसो वातावरणले गर्दा ताता–तातोे चियाको माग भयो शरिरलाई । त्यसैले एक–एक कप दुध चियालाई १५० रुपैंया हालेर खान हामी पछि परेनौँ । त्यही पनि चिया प्रेमी भएको कारण चिया प्यून कतै पनि छोडिएन झन् मौसमले नै चुनौती गरेपछि छोड्ने कारण नै भएन ।  जाडोले गर्दा उचाइमा चुलोहरुको व्यवस्थापन रहेनछ र त्यहाँका चिया बेच्ने बासिन्दाले घोरेपानीबाट नै थरमसमा चिया बोकेर सबेरै आउनु परेकोले गर्दा पनि होला चियाको भाउ अलि बढी नै महङ्गो परेको । 
चिसो हावाले हामीलाई जाडो महसुस गराइराखेको थियो भने तातो चियाले त्यो चिसोसँग जुध्न अलि भएपनि मद्दत गरेको थियो । चिसो मौसमले गर्दा हामीले आफ्नो हात तातो बनाउन चियाको कपको सहायता लियौँ । त्यसैले लिएको तातो चिया एकैछिनमा चिसो चियामा रुपान्तरण भइदियो । 

पुनहिलको मनोसम, वातावरणसँगै न्यानो घाम, आकर्षक हिमाल, तातो चिया र प्रिय मित्रहरुको साथ सबै एकैपटक पाउँदा आफू भाग्यमानी छु भन्ने लाग्यो । पुनहिलमा थाहै नपाई २ घण्टा बितेछ ।
८ बजिसकेको थियो । पर्यटकहरु आरालो लाग्ने क्रम शुरु भै सकेको थियो । हामीहरुले पनि पुनहिलको डाँडामा बसेर त्यहाँबाट देखिने सुन्दर हिमाल र पहाडका दृष्यहरुलाई फेरी भेट्ने बाचा गर्दै बाइबाईको हात हल्लाउने ओरालो झ¥यौँ । अब हामी फेरी घोरेपानी फर्कने र त्यसपछि दोस्रो गन्तव्य हाम्रो सपनाको गाउँ घान्द्रुक पुग्ने थियो । घान्द्रुक कस्तो होला, कति रमाइलो होला भन्ने कुरा मनमनै खेलाउँदै भित्रभित्र रमाउँदै उकालो ओरालो बाटो काटेको हामीलाई थाहा नै भएन । केही समय ओरालो झरेपछि घोरेपानी आइपुग्यौँ । जब घोरेपानीलाई नजिकबाट देख्याँै, यति सुन्दर गाउँहरु पनि नेपालमा रहेछ भनेर हामी दङ्ग प¥यौँ । कस्तो मिलेको गाउँ, सफा र चिटिक्क परेका घरहरु, निलो रंग लगाइएका छानाहरुले फेरी हाम्रो मन चो¥यो । एकैछिन भएपनि घोरेपानीमा बस्नै पर्ने भयो । त्यहाँ फेरी घोरेपानीको मिठास मिसिएको चिया खायौँ । घारेपानीको माया मिसिएको चाउचाउ सुप खायौँ । खाने क्रममा यहाँको चाउचाउ पकाएर दिने दिदीसँग कुराकानी ग¥यौँ । अब हाम्रो गन्तव्य थियो घान्दु्रक, त्यही भएर कति समय लाग्ला भनेर सोध खोज पनि ग¥यौँ । ८–१० घण्टा लाग्ने रहेछ भन्ने थाहा पाएपछि हामी त्यही दिन घान्दु्रक पुग्ने अठोट ग¥यौँ । करिब ९ बजे घान्द्रुक तर्फ लाग्यौँ । 
घोरेपानीसम्म आइपुग्दा हामी ४ जना साथीहरु थियौँ तर घोरेपानीबाट घान्द्रुकतर्फ लाग्नेबेला भने हामी ८ जना भएका थियौँ । घोरेपानीमा हामीलाई चिया र चाउचाउ खुवाउने दिदीले अब तिमीहरुलाई एक एक जना साथी चाहिन्छ नत्र हिँड्न गाहे हुन्छ नि भन्दै एक एक जना साथी दिनुभएको थियो । साच्चै त्यो साथीको सहारामा हामीलाई हिँड्न, बाटो काट्न धेरै सजिलो भयो । मनमनै हामीलाई साथी दिने दिदीलाई धन्यबाद दियौँ र ती दिदीले दिनुभएको हाम्रो साथी लठ्ठीलाई पनि जतन गर्दै अगाडी बढिरहेयौँ । घोरेपानीबाट घान्द्रुक पुग्न तिमीहरु जस्ती शहरबजारका केटीहरुलाई त झण्डै १० घण्टा लाग्छ है भनेर दिदीले भनेको कुरा कानमा गुन्जिरहेको थियो ।

लामो पैदल यात्राको अनुभव, प्राकृतिक सौन्दर्यता देखेर छक्क पर्दै, एकछिन मै पानी पर्ने अनि फेरी मौशम सफा भैहाल्ने र केही ठाउँमा त हिउँको पनि मज्जा लिँदै हिड्यौँ । उकालो, ओरालो बाटो थियो तर पनि साथीहरुसँग त्यो यात्रा सजिलो नै लाग्दै थियो । विदेशी पर्यटकहरु नेपालीलाई देख्दा मुस्कान सहित नमस्ते÷शुभ बिहानी टक्राएर स्वागत अनि सम्मान गरिराखेका थिए । त्यो देख्दा पर्यटकहरुको हाम्रो देशप्रति, हामीप्रति कति माया र सद्भाव छ भन्ने बुझिन्थ्यो । 

उकाली ओराली बाटो, छङ्गछङ्ग गर्ने खोला नाला, निश्चल बगिराखेको नदी, हरियो पटुकी बाँधेका जस्ता पहाडहरु, दन्ते लहर फिजारेर हाँसिराखेका हिमश्रीङ्खला, चराचुरुङ्गीको चिरबिर, रुखले छरेको शितलताले हाम्रो थकान मेट्दै झन् गन्तव्यमा अगाडि बढ्न प्रोत्साहन र उर्जा दिँदै थियो ।
हिड्ने क्रममा एउटा पर्यटकले सानो २–४ महिनाको आफ्नो बच्चालाई बोकेर स्फूर्तिका साथ उकालो चढिराखेको थियो । त्यो साहस, उर्जा र तागतले सायद यात्राका हरेक यात्रीलाई नयाँ उर्जा थपिदियो होला । 
लामो यात्राको कारण हामी भोकाएमा थियौँ त्यसैले टाढापानीमा पुगेर सबैले खाना खाने निधो ग¥यौँ । 
भोकाएकोले गर्दा खाना खाने क्रममा कोही कोहीसँग नबोली टन्न खायौँ । खाना खाएपछिको स्फूर्ति नै बेग्लै हुन्छ । हामी नेपालीलाई खानाले धेरै नै तागत दिन्छ । खाना खाएपछि फेरि सुरु भयो यात्रा ।

कुनै विदेशी पर्यटकहरु त ठ्याक्कै नेपाली जस्ता पनि देखिने रहेछन् । एक पर्यटक जो घान्द्रुकबाट फर्किँदै थियो हामी हिँडेको बाटो, उसलाई कति समय लाग्छ घान्द्रुक पुग्न भनेर सोधेको उसले त आफूले लगाएको टिसर्टमा आफ्नो ठाउँको नाम देखाइराखेको रहेछ । म भने टिसर्ट नहेरि सोधेको सोधै भएछु ।  

टाढापानी कटेपछि ६५–७० वर्षका विदेशी पर्यटकहरु देख्यौँ । तिनीहरुको स्फूर्ति, ताजापना र हिँडाइले हाम्रो जोस जाँगर झनै बढेर आयो । विदेशी पर्यटकहरु घुम्नलाई कति समय निकालिराखेका हुन्छन् । तर हामी नेपालीलाई आफ्नो देशमै भएको प्राकृतिक सौन्दर्यता अँगाल्ने फुर्सद हँुदैन । विदेशीहरुले नेपालप्रति देखाएको माया, हार्दिकता र सम्मानले गर्दा पनि होला हाम्रो प्राकृतिक सौन्दर्यता कायम भइराखेको । नत्र हाम्रो देशको सौन्दर्यता, यहाँको गाउँ, पहाड, मठमन्दिर, आदि इत्यादिको त्यति महत्व र संरक्षण हुने थिएन होला । 
करिब साँझ ४ः०० बजे हामी घान्द्रुक पुग्यौँ । घान्दु्रकमा जुन मौसममा पनि पर्यटकको कमी हुँदैन झन् आजकल आन्तरिक पर्यटन धेरै बढेको छ । हामी गएको समयमा पनि धेरै नेपाली र विदेशी पर्यटक थिए । नेपाली पर्यटकमा स्कुलबाट आएका विद्यार्थीहरु झन् धेरै थिए । 

घान्दु्रक गुरुङ वस्ती भनेर चिनिन्छ । त्यहाँको घर धेरै प्रख्यात छ, सानो चिटिक्क परेको ढुङ्गाले छाएको अनि वरिपरि फूलबारी भएको घर । त्यहाँ पुग्ने बित्तिकै आफ्नो बकेट लिष्ट पुरा भएकोमा हामी खुसी थियौँ । घान्दु्रकमा हामस्टेहरु राम्रो अनि होटल भन्दा सस्तो, सुपथ र उचित हुन्छ भन्ने थाहा पाएका थियौँ । त्यसैले हामी होमस्टेमा बस्ने निर्णय ग¥यौँ । अनि एउटा सुन्दर होमस्टे फेला पा¥यौँ । टिनले छाएको घर, रङ्गीबिरङ्गी फूलहरुले घेरिएको घरबारी, सुकेको मकै लहरै झुन्डिएको अनि सुन्दर ढङ्गले सजाइएका टेबल कुर्चीहरुले हामीलाई आकर्षित पा¥यो । त्यसैले हामी त्यहीँ बस्ने भयौँ र एउटा कोठा लियौँ । बिहानदेखि हिँडेको भएर हामी सबै थाकेका थियौँ । त्यसैले एकछिन आराम ग¥यौँ । एकछिन भन्दा धेरै आराम गर्ने समय पनि थिएन हामीसँग, त्यसैले फे्रस भएर हामी त्यहाँको दृष्य, त्यहाँ भएको ठाउँहरु अबलोकन गर्न थाल्यौँ । त्यहाँ एउटा पुरानो गुरुङ सङ्ग्राहलय  रहेछ । सानो थियो तर पनि सके सम्मको पुरातात्विक संरचनाहरु जोगाएर राखिएको थियो । आफ्नो संस्कृति संरक्षण गर्नको लागि त्यहाँ गुरुङ कपडा, गरगहनाहरु लगाउने अवसर पनि पाइने रहेछ । हामी त्यस्तो सुवर्ण अवसर कहाँ खेर जान दिन्थ्यौ त । हामीले पनि गुरुङ कपडा, गहना लगाएर फोटो खिच्यौँ । त्यो समय अत्यन्तै रमाइलो थियो । हामी एक अर्कालाई हेरेर मख्ख प¥यौँ । सबै सुन्दर देखिएका थियौँ ।  

केही समय त्यहाँ बिताएर हामी साँझ ६ः३० बजे होमस्टेतर्फ लाग्यौँ । त्यहाँ एउटा समूहको नाचगान कार्यक्रम चलिराखेको रहेछ । हामी पनि एकछिन त्यही नाचगान कार्यक्रममा सामिल भयौँ । हामी दुई समूह भएर केही समय रमाइलो ग¥यौँ अनि खाना खान गयौँ । खानामा मासको दाल, बोडीको तरकारी, गुद्रुक भटमासको अचार, घ्यू हालेको भात, मुला, काँक्रा, गाँजर अनि कुखुराको मासु देखेर मेरो भोक जागेर आयो । त्यति मीठो परिकार देखेर सबैलाई भोक लाग्छ होला । मीठो खाना खाएर हामी कोठातर्पm गयौँ । धेरै हिँडेको भएर खुट्टा, हात दुखेको थियो त्यसैले पालैपालो एक अर्काको हात खुट्टा तोरीको तेलले मालिस ग¥यौँ र आनन्द निद्रामा गयौँ । 
दिन ३ ः घान्दु्रक– कुश्मा

त्यो दिन हाम्रो यात्राको अन्तिम दिन थियो । बिहान सुर्याेदय हेर्नको लागि अलि चाडै उठ्यौँ । बिहानको ठण्डा मौसम, स्वच्छ हावा, त्यहाँको थरीथरी रङ्गीबिरङ्गी पूmलहरुले सजिएको पूmलबारीले हाम्रो मुड ताजा भयो । 
संसारको सबैभन्दा स्वर्गीय आनन्द केले दिन्छ हजुरहलाई ? यदि यही प्रश्न मलाई आयो भने म के भन्छु होला त ? मलाई सुर्याेदयको बेला सुनझैँ टल्किएको हिमाल र मध्यन्नको बेला हिराझैँ चम्किएको हिमाल देखेपछि हुने आभास हो स्वर्गीय आनन्द । हिमाललाई हेरेपछि मन नै शुद्ध र शान्त भएको जस्तो लाग्छ मलाई । 
हामी चिया खाजा खाएर कुश्मा फर्कनको लागि हिड्यौँ । बाटोमा गफ गर्दै, फोटो खिच्दै हिँड्दाको समय रमाइलो भएको थियो । हिमालले आफूलाई पछ्याइ राखेको जस्तो देखिन्थ्यो । टाढा टाढाको गाउँहरु पनि राम्रो देखिएको थियो ती सबै सुन्दर ठाउँहरुलाई मस्तिष्कमा सजाउँदै हामी घर फर्कनु पर्ने थियो । खोला  त¥यो, लौरो बिर्सियो भन्ने नेपाली उखान झँै हामीलाई घोरेपानीको दिदीले दिनुभएको लट्ठी घान्द्रुकमा नै बिर्सेछौँ । हाम्रो मन दोधारमा थियो । घान्द्रुकको सुन्दरतालाई छोडेर जान मन पनि थिएन, फेरी छिटो घरमा पुगेर हामीले टेकेका र देखेका सुन्दर दृष्यहरु सबैलाई देखाउनु पर्छ है भनेर पनि मनले भन्दै थियो । मन दोधार मै भएपनि  मैले मनलाई गाली गर्नु हुँदैन भन्ने कुरामा स्पष्ट थिए । किन कि यही मन थियो जसले मन गरेकै कारण पुनहिल र घान्द्रुकको सौन्दर्यतालाई नियाल्न पाइयो । यही मन हो, जस्ले भोलिका दिनहरुमा फेरी यस्तै लोभलाग्दो स्थानहरुमा घुमाउने मन गर्नेछ । मनमनै मेरो मनलाई धन्यबाद दिर्दै हामी कुश्मा फर्कियौँ ।

यात्राको केही झलकहरु ः

तस्विर १ . पुन हिलको टावर

तस्विर २ ः पुन हिलमा सुर्याेदय

तस्विर ३ ः पुनहिल टावरबाटको दृष्य

तस्विर ४ः पुन हिलमा रमाउँदै

tl:j/ %M k'g lxndf kf]h lbFb}

तस्विर ६ ः गुरुङ भेषभुषामा 

तस्विर ७ः घान्दु्रकको घर 

तस्विर ८ः घान्दु्रकका सुर्याेदय

तस्विर ९ः घान्दु्रकबाट फर्किने क्रममा

तस्विर १० ः पुनहिलबाट घान्दु्रक जाने क्रममा 

लेखक : निसा जोशी 


Popular posts from this blog

Life Cycle Hypothesis

This theory was developed by Franca Modigliani, Nobel Laureate of 1985, Richard Brumberg and Albert Ando in 1950s and 1960s. It is called MBA hypothesis. According to this theory, consumption is a function of the lifetime expected income of the person. The consumption depends on the resources available to the person, the rate of return to the capital, the spending plan and the age at which the plan is made. It depends on:  i. Resources  ii. Spending plan  iii. Rate of return on capital  iv. The age at which the plan is made  According to Modigliani the point of departure of the life cycle model is the hypothesis that consumption and saving decision of household at each point of time reflects more or less conscious attempt to achieve the preferred distribution of consumption over the life cycle. Subject to the constraint imposed by the resources occurring to the household over...

Brief review of UN, UNIDO, OECD and world bank project evaluation techniques

The UNO was formally established aiming at achieving to establish corporation and peace and to develop international cooperation between various nations of the world effectively in Oct. 24, 1945. The UNO was established as a powerful international organization for the development of different nations after the world war 1st and 2nd. This organization is doing its important works by spreading its helping hands even today in the field like education, health, social activities, culture, and science, etc. It has some agency:  World Bank  UNIDO (United Nations Industrial Development Organization)  OECD (Organization for Economic Co-operation and Development)  World Bank is a project evaluation technique of the world bank. It was established in Dec 27, 1945, Prime financial of organization of UNO. It was established to eliminate poverty and economic problems. The world bank applies the following techniques while monitoring and evaluating its loans prov...

Project Authority

Authority is a special power of making decisions regarding any problem. On the other hand, the Authority is the power to take and implement the management decision. It is also the right to influence others and to use resources. It is the legal power to edit the activities of the project or organization.  Each project is formal to achieve its predetermined objectives within the project constraints i.e. time, cost and equality performance. Top management delegates the project authority to project manager and others (for risky project, more authority is required whereas less risky project many require less authority).  Project authority creates the project structure. It also facilities coordination between the project manager and other managers as well as organization manager and project manager. Authority is the legal power on the basis of which managers can provide a reward as well as punishment. In project: Project authority is shifted vertically downward from...